पोख्रेली संरक्षणकर्मी राजुलाई राष्ट्रिय पुरस्कार

पोखरा, ७ वैशाख/दुई दसक भन्दा लामो समय वन्यजन्तुको अनुसन्धान र संरक्षणमा विशीष्ट योगदान गरेको भन्दै नेपाल सरकारले पोखरा लेखनाथ महानगरपालीका १३ का अनुसन्धानकर्मी र संरक्षणकर्मी राजु आचार्य तथा चितवन राष्ट्रियनिकुन्जका रेन्जर लक्ष्मण रायलाई एक लाख एक हजार एक सय पाँच नगद राशीको राष्ट्रियवन्यजन्तु संरक्षण पुरस्कार सयुक्त रुपमा प्रदान गरेको छ ।

२३ औ राष्ट्रिय वन्यजन्तु सप्ताहको अवसर पारेर वन तथा वातावरण मन्त्री शक्ती बहादुर बस्नेतले पुरुस्कार प्रदान गर्नु भएको हो । केहीदिन पहिले आचार्यलाई स्व.चन्द्रमाया ढेवाजु जैविकविविधता संरक्षण पुरस्कारले पनि पोखरामा सम्मान गरिएको थियो ।

२७ वर्षदेखि वन्यजन्तुको अनुसन्धान र संरक्षणको क्रियाशीलयिनले सन् २००८ देखि लाटोकोेसेरोको अनुसन्धान र सरंक्षणमा राष्ट्रिय/अन्तर्राष्ट्रियरूपमा परिचय बनाएका छन् । यस अवधिमा देशभरमा ५३० संरक्षण चेतना शिविर मार्फत १५५०० विद्यार्थी र २७७८२ स्थानीयलाई लाटोकोसेरो संरक्षणका लागि उक्तपंक्षीको परिचय, फाइदा र संरक्षणकाबारे बुझाउने कार्यक्रम चलाएका छन् ।

नेपालमा पहिलो पटक उक्तपंक्षीको अवस्था अध्ययनका लागि सन् २००८ माआधार क्षेत्र मनाङ र मुस्ताङमा तयार गरेका थिए । देशका ५२ जिल्लामाघुमेर यिनले उक्तपंक्षीको चोरीशिकार र अवैध व्यापारका बारेमा अध्ययन गरेका छन् ।
वार्षिक रूपमा सञ्चालनगर्दै आएका ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव’राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा चर्चित छ । उक्त उत्सवमा वर्षेनी हजारौको संख्यामा मानिसहरू सहभागी हुन्छन् । उनले नेपालमा लाटोकोसेरो सहित अन्य वन्य जन्तुका बारेमा २० वटा लेखहरू प्रकाशित गरेका छन् ।

हालसम्म ५० भन्दाबढिलाटोकोसेरोको उद्धार गरेर प्राकृतिकबासस्थानमाफर्काइसकेका छन् । यिनै कारणहरुले गर्दा सन २०११ मा अमेरिकामायिनलाई स्पेशलएचिभमेन्टअवार्डबाट सम्मानगरिएको थियो । उक्तअवार्ड पाउने उनीपहिलो एशियालीहुन् । लाटाकोसेरोबाहेक पनिउनका ६ वटा वैज्ञानिक लेखहरू र अन्य १३ वटा लेख अन्तर्राष्ट्रिय जर्नल र पत्रिकाहरुमाप्रकाशितभएकाछन् ।

उनकाचिर कालीज, चरा तथालाटोकोसेरोको बारेमा५वटा संरक्षण सम्बन्धी पुस्तकप्रकाशितछन् । विश्वमै पहिलोपल्टहिमालीगिद्ध मुस्ताङमा घट्दैे गरेको तथ्यखोजीगरि लेख प्रकाशित गरेका थिए । जुनप्रजातिलाई आइयुसीएनले पछिदुर्लभको सूचिमा राख्नबाध्यभयो । उनको नेतृत्वमा सन् २०१३ मा अनुसन्धानटोलीले नेपालमा ५५ वर्षपछिवनचौरीगाई अभिलेख गरेको थियो । उनी समुह सदस्य रहेको टोलीले सन् २००० माउपल्लो मुस्ताङबाटवनगधा र घोवानामको स्तनधारी नेपालमापनिपाइन्छन् भन्ने पहिलोपटकपत्तालगाएको थियो ।

भर्खरमात्र ४२ वर्षपछिसिलु विरालोलाई क्यामरामापार्ने समुहमा समेत आचार्यको संलग्नता छ । उनले पश्चिम नेपालको हुम्लामा आगन्तुकका रूपमामात्रै आउने ५ प्रजातिका चराहरुको वासस्थान रहेको पुष्टि गरेका थिए । उनको नेतृत्वमा गरिएको अध्ययनको प्रतिवेदनको आधारमा लिमी उपत्यकालाई ‘महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र’ समेत घोषणा गरिएको छ । विगत ६ वर्षदेखि विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरूलाई वन्यजन्तु अनुसन्धान सम्बन्धी तालिमको शुरुवातगर्न यिनको भुमिका अहम रह्यो ।

नेपालमा वन्यजन्तुको पुर्नस्थापना केन्द्र स्थापनाको लागि सञ्चारमाध्यममार्फतको दवाबमुलककार्यक्रममा समेत यिनको भुमिकाअहम रह्यो । यो बाहेक चिर कालीज, हिमालीगिद्ध, ब्वाँसो, जगलीगधा, वनचौरीगाई र घोवालगायतवन्यजन्तुको अध्ययन , सरंक्षण ,चोरिशिकार र मानववन्यजन्तुबीचको द्वन्द्वबारे पनिशोध र तिनको संरक्षणकालागिकाम गरेका छन् ।
वन (जर्मन), कृषिवन (वेलायत) तथावातावरणव्यवस्थानामा (नेपाल) तीनविषयमा स्नाकोतर गरेका आचार्यले सन् २००४ मा पोखरा विश्वविद्यालयमा स्नातकतहमाउत्कृष्टभई गोल्ड मेडलसमेत प्राप्त गरेका थिए । लाटोकोसेरो संरक्षणको क्षेत्रमालामो समयदेखि क्रियाशील रहेकाले यिनलाई सञ्चारमाध्यम र संरक्षणकर्मीहरुले ‘उल्लु सर’ को उपमा पनि दिएकाछन् ।

कमेन्टहरु
Loading...