पोखरामा सवा अर्ब लगानीमा होटल सरोवर खुल्दै, व्यवस्थापन स्विस इन्टरनेशनलाई

पोखरा, २५ चैत/पोखरामा पर्यटक बढेनक्रम सगँ होटलहरु पनि दिन प्रतिदिन थपिदै गएका छन् । पोखराको लेकसाइडमा १ अर्ब २५ करोड रुपैयाँ लगानीमा सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको होटल सञ्चालनमा आउने तयारीमा छ । निर्माण सकेर फिनिसिङको तयारीमा रहेको ‘होटल सरोवर’ असार दोस्रो सातासम्म सञ्चालनमा आउने शनिबार आयोजित पत्रकार सम्मेलनमा सञ्चालकले जानकारी दिए ।

प्रा डा भरतराज पहारी र चिकित्सक मोहन पहारीको लगानी रहेको होटल सञ्चालनको जिम्मेवारी अन्तर्राष्ट्रिय ब्राण्ड स्विस इन्टरनेशनलले लिएको छ । होटलका अध्यक्ष पहारी र स्विस इन्टरनेशनका अध्यक्ष हेनरी केनेडीलले होटल सञ्चालनको सम्झौता ९एमओयु० मा शनिबार नै हस्ताक्षर गरेका छन् । सम्झौतासँगै ‘स्विस इन्टरनेशनल होटल सरोवर’ नामबाट होटल सञ्चालन हुनेछ ।

५ वर्षसम्म होटल सञ्चालनको जिम्मेवारी स्विस इन्टरनेशनलले लिएको छ भने ५ वर्ष थप गर्ने प्रारम्भिक सहमति भएको अध्यक्ष पहारीले जानकारी दिए । संसारभर होटल सञ्चालनको अनुभव लिएको स्विस इन्टरनेशनलको व्यवस्थापनमा होटल सञ्चालन गरेर नेपालमा स्तरीय पर्यटक भित्र्याउन आफूहरु सफल हुने पहारीले बताए ।

१३ वटा स्विट, ३ वटा हनिमुन स्विट, एउटा प्रेसिन्डेन्ट स्विट सहित होटलमा ९६ वटा सुबिधायुक्त कोठाहरु छन् । होटलमा फेमिली रुमको समेत सुविधा रहेको पहारीले जानकारी दिए । होटलमा ७ वटा सभाकक्षहरु छन् । आवश्यकता अनुसार सभाकक्षलाई सानोठूलो बनाउन सकिनेछ । ‘सबै सभाकक्षहरुमा गरी करिब ७ सय जनाको क्षमता छ,’ उनले भने । अन्य दुईवटा बैठक कक्षहरु समेत रहेको पहारीले बताए ।

पोखरामा सवा अर्ब लगानीमा होटल सरोवर खुल्दै, व्यवस्थापन स्विस इन्टरनेशनलाई
पोखरामा सवा अर्ब लगानीमा होटल सरोवर खुल्दै, व्यवस्थापन स्विस इन्टरनेशनलाई

छतमा १ सय ५० जना क्षमताको रेष्टुराँ छ । ‘रेष्टुराबाट चारैतिर सुन्दर दृष्यहरु देखिन्छन,’ उनले भने, ‘फेवाताल र हिमालका दृष्यहरु हेर्दै आफ्नो चाहना अनुसारका खाने तथा पिउने व्यवस्था गरिएको छ ।’ होटलमा विश्वस्तरको स्पा तथा फिटनेस सेन्टरको सुविधा रहने बताइएको छ । पौडी पोखरी तथा जाकुजीहरु पनि हुनेछ । शान्त र एकाग्रताको लागि एउटा ध्यान कक्ष समेत बनाइएको पहारीले जानकारी दिए । पाहुनाको सुविधाका लागि भूमिगत तल्लामा ४० वटा र बाहिर साना तथा ठुला गरी २५ वटा गाडी पार्किङ गर्न सकिने निर्देशक पहारीले जानकारी दिए ।

होटलमा चौबिसै घण्टा सुबिधा दिने गरी अर्को रेष्टुराँ समेत रहनेछ । ‘आकर्षणको लागि पौडी पोखरीको किनारमा बार र ग्रीलको व्यवस्था गरिएको छ,’ उनले भने । करिब ६ रोपनी जमिनमा बनेको होटल पोखरा क्षेत्रकै सुविधायुक्त हुने लगानीकर्ताको दावी छ । ‘होटल सरोवर वातावरण मैत्री विधिबाट बनाइएको छ,’ पहारीले भने, ‘यसरी बनाइएको यो नेपालको एक मात्र होटल हो ।’ यसको डिजाइन तथा निर्माणमा न्युन प्रदुषण भएका निर्माण सामग्रीहरु मात्र प्रयोग गरिएको उनले जानकारी दिए । ‘नेपाली संस्कृति र शैलीलाई विशेष ध्यान दिएर निर्माण गरिएको छ,’ उनले भने, ‘होटलमा आवश्यक बिजुलीको अधिकांश हिस्सा सौर्य ऊर्जाबाट व्यवस्था गरिएको छ ।

’ होटलबाट निस्कने जैविक फोहरहरुलाई रिसाइकल गरी बायो ग्यास उत्पादन गरिनेछ । जमिन मुनीको तापक्रमको प्रयोगबाट दुई तल्लालाई वातानुकुलित बनाइएको पहारीले जानकारी दिए । ‘दुुई वटा भूमिगत तल्ला भएको होटलमा गाडीहरु पार्किङ गर्न स्वचालित मेकानिकल व्यवस्था गरिएको छ,’ उनले भने ।

लामो समय प्राध्यापन तथा व्यावसायिक क्षेत्रमा रहेका प्रा डा ई भरतराज पहारी र चिकित्सा क्षेत्रमा करिब २० वर्षको अनुभवी उनका भाइ डा। मोहन प्रसाद पहारीको संयुक्त पहल र स्वामित्वमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा होटल सरोवर स्थापना र निर्माण भएको हो । होटल व्यवसायमा उनको परिवार ४५ वर्ष अगाडिबाट आबद्ध छ । ४५ अगाडि दुई कोठाको पाहुना घरबाट सुरु भइ ३५ वर्ष अगाडि १२ कोठाको होटल सरोवर संचालनमा थियो । सन् २०१५ देखि नयाँ क्षमता र प्रस्तुति सहित होटल सरोवरको निर्माण सुरु गरिएको हो ।

अन्तर्राष्ट्रिय होटल व्यवसायको क्षेत्रमा स्विस शैली, परम्परा र अनुशासनलाई उदाहरणको रुपमा हेरिने परम्परालाई उच्च मुल्यांक गर्दै नेपालमा गुणस्तरको सेवा प्रदान गर्न स्विस इन्टरनेशनल होटल एण्ड रिसोर्टसँग सहकार्यको रुपमा सम्झौता गरिएको अध्यक्ष पहारीले बताए । करिब ३० वर्ष अगाडि स्विजरलैण्डमा स्थापित भई युरोप, भारत, चीन, अफ्रिका र मध्यपूर्वमा स्विसका होटल सञ्चालनमा छन् । विश्व पर्यटनको क्षेत्रमा विशिष्ट योगदान गर्न स्विस इन्टरनेशनलले सन् २०२० सम्ममा १ सय ५० होटलहरु संचालन गर्ने लक्ष्य राखेको अध्यक्ष हेनरी केनेडीलले बताए ।

कमेन्टहरु
Loading...