सहकारी दिवसको अवसरमा पामे बचतले ग¥यो सरसफाई

पोखरा, १९ चैत /“दिगो विकाश लक्ष्य प्राप्तीका लागि सहकारी” भन्ने मुल नाराका साथ कास्कीमा मनाउन लागिएको ६१ औ राष्ट्रिय सहकारी दिबसको अवसर पारेर पामे बचत तथा ऋण सहकारी संस्थाले सोमबार सरसफाई गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका २४ पामे बजारमा अन्य सघं सस्था सगँ मिलेर सफाइ गरेको हो । पामे बजारलाई स्वच्छ सफा हराबरा बनाउने उद्देश्य रहेको पामे बचत तथा ऋण सहकारी सस्थाका म्यानेजर सुर्यमोहन पराजुलीले जानकारी दिए ।

कार्यक्रममा फेवा युवा क्लब पामे, इलाका प्रहरी चौकी पामे, विभिन्न आमा समुह लगाएतको सहभागीता रहेको थियो । जिल्ला तहमा हरेक बर्ष जस्तै यस बर्ष पनि राष्ट्रिय सहकारी दिबस मनाउन बिभिन्न समितिहरु गठन मंगलबार विभिन्न कार्यक्रम गर्ने तयारी छ ।

कमेन्टहरु
Loading...