पोखराको मणिपाल अस्पतालमा कर्मचारी र प्रहरी बीच झडप, १० घाइते

पोखरा, १९ चैत्र /पोखराको मणिपाल शिक्षण अस्पतालमा अस्पतालका आन्दोलनरत कर्मचारी र प्रहरी बीच झडप हुदाँ १० जना घाइते भएका छन् । सात जना प्रहरी र ३ जना कर्मचारी घाइते भएका छन् । कर्मचारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरी अस्पतालमा तोडफोड गरेको आरोपमा २० आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए ।

उनले घाइते प्रहरीको पोखराको फिस्टेल अस्पतालमा उपचार भईरहेको जानकारी दिए । आन्दोलनकारीको प्रहारबाट अस्पताल दोस्रो तलामा रहको सिसा, डिनको कार्यालयमा तोड्फोड् भएको सिंहले बताए । कर्मचारी ६ महिनायता तलब बृद्धि, विदा, स्थायी गर्नुपर्ने लगायत विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै आन्दोलन गदै आएका थिए । उनीहरु अस्पताल प्रशासन अगाडी धर्नासमेत दिदै आएका थिए ।

प्रहरीले धर्नामा हस्तक्षेप गरेको आन्दोलनकारीले बताउदै आएका छन् भने प्रहरीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अवरोध पु¥याउन खोजेको आरोप लगाएको छ । घाईते हुनेमा प्रहरी जवानहरु, बिपीन थापा मगर ,गोविन्द राज कोटी ,गमबहादुर थापा, रुपलाल थापा, यमुना राज कोटी, अन्जना घर्ती र तुलसा पोख्रेल रहेका छन् । कर्मचारी तर्फ राजबहादुर घर्ती कर्णबहादुर के.सी. र अमर गुरुङ लगाएतको रहेका छन् । उनिहरुलाई घाँटी तथा टाउकोमा चोट लागेको छ।

तलवको १० प्रतिशत घरभाडा बापतको सुविधा दिनुपर्ने, खटिएका ईन्चार्जहरुलाई ईन्चार्जको छुट्टै भत्ता उपलब्ध गराउनुपर्ने, संचित विदाको १ सय ८० दिन (पूरै) विदा पाउनुपर्ने, अस्थायी र करारमा लामो समयदेखि कार्यरत कर्मचारीलाई स्थायी गराउनुपर्ने लगायतका माग कर्मचारीले राखेका छन् । प्रहरीले कर्मचारी युनियन मनिपालका अध्यक्ष नवराज भण्डारी सहितको २० जनाको टोलीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।

कमेन्टहरु
Loading...