देशको अवस्था थाहापाउन आर्थिक गणनामा हुने

पोखरा, १९ चैत /देशभर एकैसाथ राष्ट्रिय आर्थिक गणना हुने भएको छ । केन्द्रीय तथ्यांक विभागष्ले बैशाख १ गते देखी जेठ ३१ गते सम्म गणना गर्न लागेको हो । गणनामा कास्कीमा ७० जना गणक र सुपरीवेक्षक खटिने भउका छन् ।

देशभित्र अस्तित्वमा रहेका र क्रियाशील सबै व्यावसायिक प्रकृतिका आर्थिक इकाइहरुमा पुगेर विवरण संकलन। प्रशोधन, विश्लेषण, प्रकाशन र वितरण गर्ने कार्यक्रले समेटेको छ । आर्थिक कारोबार गर्ने साना फर्म देखि ठुला सम्म सबैमा गणक पुगेर गणना गर्ने जिल्ला आर्थिक गणना कार्यालय कास्कीका प्रमुख जगु बस्यालले बताए ।

उनले आमा समुह, मन्दिर संरक्षण समिति, उपभोत्ता समिति देखि उद्योगधन्धा लगाएत सबैमा गणना हुने बताए । संकलित विवरण गोप्य रहने, प्रतिष्ठान, व्यवासायको कर उठाउने प्रयोजनका लागि नभएको र केबल सामूहिक तथ्यांकीय प्रयोजनका लागि मात्र गणना हुने भएकाले सबैले सहयोग गर्न समेत उनले आग्रह गरे ।

कमेन्टहरु
Loading...