पोखरा उद्योग वाणिज्य संघमा कर लेखासम्बन्धी तीन दिने तालीम

पोखरा, ८ चैत /नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ तथा पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनमा पोखरामा कर लेखा प्रणाली सम्बन्धी तालीम सुरु भएको छ ।साना तथा मझौला करदातालाई कर सम्बन्धी शिक्षा प्रदान गरी कर कानूनले निर्दिष्ट गरेका व्यवस्थाहरु परिपालन गराउन, कर फाराम भर्दा हुने त्रुटीहरु कम गर्न तथा धेरै भन्दा धेरै व्यवसायीहरुलाई करको दायरामा ल्याउनु ३ दिने तालीमको उदेश्य हो ।

तालीममा ३३ जनाको सहभागिता रहेको छ । चार्टर्ड एकाउण्टेन्ट सचेत लाल श्रेष्ठर सन्तोष पाण्डे तालीमको प्रशिक्षक रहेका छन् ।पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले अन्जान बस गरिएको गल्तीमा पनि कानूनी सजायँ भोग्नु पर्ने भएकोले व्यवसायीहरु हिसाब किताबमा चुक्न नहुने बताएका छन् ।तालीम उद्घाटन कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष संजिव बहादुर कोइरालाले तालीमले लेखा प्रणालीमा हुने त्रुटी कम गर्न मद्धत गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजय लामिछानेले कर सम्बन्धी देखिने समस्या समाधानको लागि आफ्नो कार्यालय सधैँ तयार रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले कार्यक्रमको संचालन गरेका थिए।

कमेन्टहरु
Loading...