पर्यटक बसपार्कलाई ठमेल आसपास व्यवस्थापन गर्न माग

पोखरा, ६ चैत /टुरिष्ट बस एशोसिएसन अफ नेपाल(टिपान)ले पर्यटक बसपार्कलाई ठमेल आसपासमा व्यवस्थापन गर्न माग गरेको छ । टिपानले एक विज्ञप्ती जारी गरी विगत चार दशक यता स्वदेशी एवम् विदेशी पर्यटकलाई यातायात सेवा प्रदान गर्दै आएका पर्यटक बस काठमाडौंको कान्तिपथमा पार्किङ गर्ने गरेकोमा आइतबार गृह मन्त्रालयमा बसेको बैठकले पार्किङको व्यवस्थापन बिना नै त्यहाँबाट हटाउने गरि गरिएको निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारले सन् २०२० सम्म १५ लाख विदेशी पर्यटक भित्राउने लक्ष्य राखेको यस निर्णयले उक्त लक्ष्य प्राप्तीमा चुनौती थपेको विज्ञप्तीमा भनिएको छ ।  टिपानका महासचिव कृष्ण आचार्यले जारी गर्नुभएको विज्ञप्तीमा पर्यटक वसपार्कको माग समय समयमा उठाउँदै आए पनि राज्यले त्यसको बेवास्था गरेको भन्दै महानगरपालिकाले ठमेल आसपासमा पर्यटक वसपार्कको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

ठमेल आसपासमा पर्यटक वसपार्कको व्यवस्थापन गर्न नसकेकमा नेपालको पर्यटन क्षेत्रको विकास हुन नसक्ने भन्दै विज्ञप्तीमा पार्किङ हटाउने निर्णयले टुरिष्ट बस एशोसिएन अफ नेपाल मात्र नभई पर्यटन सम्बद्ध संस्थाहरू नाट्टा, टान, हान, एनएमए, नारा लगायत सबै पर्यटन उद्योगलाई असर पार्ने उल्लेख गरिएको छ ।

कमेन्टहरु
Loading...