काठमाडौं २१ फाल्गुन /नेपाल आयल निगमले पेट्रोलको प्रति लिटर १ रुपैया मुल्य घटाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी प्रति लिटर १ रुपैयाँ घटाइएको निगमले जनाएको छ ।
अब पेट्रोलको मुल्य १ सय ३ रुपैयाँ कायम भएको छ । भारतीय आयल कर्पोरेशनले पठाएको मुल्य सूचि अनुसार समायोजन गरको निगमले जनाएको छ
अरु इन्धनको मुल्य भने यथावत रहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मुल्य समायोजन भएकाले सोही अनुसार नेपालमा पनि मुल्य घटाइएको निगमले जनाएको छ । मुल्य घटाएपनि निगमलाई पाक्षिक रुपमा १५ करोड नाफा रहेको जनाएको छ ।