कैलास विकास बैंकको सिल्भर जुब्ली निक्षेप योजना

पोखरा, १४ फागुन /काठमाडौंको पुतलीसडकमा प्रधान कार्यालय रहेको कैलाश विकास बंैकले कैलाश सिल्भर जुब्ली बचत योजना सार्बजनिक गरेको छ ।

फाल्गुन १३ गते आइतबार देखि लागु हुने गरी सिल्भर जुब्ली बचत खातामा ८.५०% वार्षिक ब्याज र तिन महिने मुद्दती खातामा १२% वार्षिक ब्याजको निक्षेप योजना ल्याएको हो ।

२५ औ वर्षमा प्रवेश गरेको बैंकले रजतवर्षको अवसरमा आप्mना ग्राहकलाई सर्वाधिक ब्याज उपलब्ध गराउने उद्देश्यले यो योजना प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

राष्ट्रिय स्तरका विकास बैंकहरुमा सबैभन्दा जेठो यस विकास बैंकको चुक्तापूँजी २ अर्व ५२ करोड रुपैया रहेको छ । पुष मसान्तमा १९ अर्व ११ करोड निक्षेप संकलन गरी १७ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको बैकले विकास बैंकहरु माझ सर्वाधिक २६ करोड ६० लाख खुद नाफा आर्जन गर्न सफल भएको जनाइएको छ ।

बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

४३ वटा शाखाबाट आप्नो वित्तीय सेवा प्रदान गर्दै आएको यस बंैकले फाल्गुन मसान्त सम्ममा विराटनगरमा र  आर्थिक वर्षमा विरगंज र दमकमा थप दुई शाखा संचालनमा ल्याउने योजना रहेको जानकारी गराएको छ । वित्तीय कारोवारको २५वर्ष पार गरिसकेको कैलाश विकास बैंकले आप्mना ग्राहकलाई निक्षेपमा सर्वाधिक व्याज प्रदान गर्ने साथै वित्तीय पहुँच नपुगेका ग्रमिण क्षेत्रमा आप्mना शाखा संजाल विस्तार गरेर आधुनिक बैंकिङ सुविधा प्रदान गर्ने र सधै अग्रणि विकास बैंक रहि रहने रणनिती रहेको बैंकका अध्यक्ष नारायण पौडेलले बताए ।

बैकले नेपाल चार्टर्ड एकाउनटेन्ट संस्थाबाट ई.सं. २००९ मा पहिलो पटक र त्यस पछि २०१४ देखि २०१७ सम्म लगातार ३ बर्ष उत्कृष्ट वित्तीय प्रतिवेदन सम्मान प्राप्त गरेको थियो । नेपाल राष्ट्र बैंकको रजतजयन्तीको अवसरमा उत्कृष्ट वित्तीय संस्थाको सम्मान लगायत अन्य सम्मानहरु समेत प्राप्त गरेको छ । बैकलाई हालै नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्थाले होस्ट गरेको दक्षिण एसियाको छाता संगठन दक्षिण एसियाली लेखा संगठन (साफा) इभेन्ट अवार्डमा वित्तीय क्षेत्र तर्फको दक्षिण एसियाली क्षेत्रको सर्वाधकि उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेकोमा सम्मानित गरिएको बताइएको छ ।

कमेन्टहरु
Loading...