पोखरा, २७ माघ/ शनिबारदेखि पोखरामा दोस्रो सँस्करणको जुत्ताचप्पलव्यापार मेला शुरु भएको छ । नेपालीजुत्ता घर प्रालिको आयोजनामाभएको जुत्ताचप्पलव्यापार मेलामापहिलो दिनउपभोक्ताको घुँईचो लाग्यो ।
शुक्रबार हुने भनिएको जुत्ताचप्पलव्यापार मेला स्थानीयव्यवसायीको अवरोधकाकारण एक दिन ढिलो गरि शुरु भएको हो । एक महिनाहुने भनिएको जुत्ताचप्पलव्यापार मेलाअब एक हप्तामात्रै चल्ने आयोजकले बताएको छ ।
‘विवादभएपनिपोखराकाउपभोक्ताले हामीलाई निकै राम्रो साथदिएका छन् । अघिल्लो पटक हामीले गरेको जुत्ता मेलाको प्रभावकै कारण उपभोक्ताहरुले अहिलेपनिहामीलाई यति धेरै साथदिएको हाम्रो बुझाई छ ।’ नेपालीजुत्ता घर प्रालिकाअध्यक्षहोमनाथउपाध्यायले बताए । उनले उपभोक्ताहरुलाई सुलभ दरमा गुणस्तरिय नेपालीउत्पादनकाजुत्ताहरु मेलामाविक्रिवितरणका लागि राखिएको बताए ।
त्यसो त जुत्ता मेलामा गुणस्तरहिनजुत्ता राखिने भनेर स्थानियव्यवसायीहरुले विरोध गरेकाथिए । यद्यपी मेला आयोजकले भने मेलामा राखिएकाजुत्ताहरु कुनै हिसाबले कमसलनभएको दाबी गरेको छ । उसले मेलामाआएर सहभागीभई उपभोक्तालाई प्रत्यक्ष रुपमाजुत्ताहरुको गुणस्तरको बारेमाजान्नआग्रह समेत गरेको छ । ‘हामीले उपभोक्तालाई कमसल जुत्ता बेचेको खण्डमा हामीत्यसको जवाफ देही हुनेछौँ । त्यसैले उपभोक्ताहरुले ढुक्क भएर यहाँआएर जुत्ताखरिद गर्न सक्नेछन् ।’ रन शुजका रुद्र न्यौपानेले भने ।
मेलामाविभिन्न ९ कम्पनीका नेपालीजुत्ताहरु प्रदर्शनीसँगै विक्रिवितरणका लागि राखिएको छ । बिएफ डियर हिल, शिखर शुज, रोयल शुज, क्रसरोड शुज, रन शुज, फुटल्याण्ड शुज, कदमशुज र हाइलाइफकाजुत्ताहरु मेलामाविक्रिकालागि राखिएको छ । मेलाअवधीभर उपभोक्ताहरुलाई कम्पनीहरुले विभिन्न छुटको सुविधापनिदिएका छन् ।
आयोजक नेपालीजुत्ता घर प्रालिले स्थापनाकालदेखि नै स्वदेशीउत्पादनकाजुत्ताहरुको व्यापार गर्दै आएको छ । कुल १० वटा जुत्ताकम्पनीहरु एकै ठाऊँमा भएर स्थापनाभएको यो कम्पनीले काठमाण्डौ, पोखरा, बुटवल र विराटनगरमाजुत्ता मेलागर्दै आएको छ । हालसम्म काठमाण्डौमा यो कम्पनीले ५ वटा जुत्ता मेलागरिसकेको छ भने बुटवलमा दुईपटक मेला सम्पन्नगरिसकेको छ । त्यस्तै केहि समय अगाडि मात्रै कम्पनीले विराटनगरमाजुत्ता मेला सम्पन्नगरिसकेको छ । कम्पनीको काठमाण्डौमा ५ वटा र पोखरामा १ वटा शो रुम पनि संचालनमा आईसकेको छ ।