पोखरा, २५ माघ /जनता बैंकले पोखराका लेकसाइडमा शाखा विस्तार गरेको छ । बिहीबार लेकसाइडको डिहीको पाटना ९३ औ र कैलालीको अत्तरीयामा ९४ औ शाखा विस्तार गरि बैंकिङ्ग कारोवार सुरु गरेको छ ।
लेकसाइड शाखाको उद्घाटन गर्दै पोखारा लेखनाथख महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बैंकहरुले उत्पादन मुलक क्षेत्रमा लगानी गर्नु पर्ने बताए । उनले पछिल्लो समयमा बैंकहरुको लगानी उत्पादन मुलक भन्दा घरजग्गामा लागनी गर्ने गरेको बताए ।
कार्यक्रममा संचालक रामबहादुर भण्डारीले यस वर्ष बैंकको शाखा विस्तार गरेर १ सय २० वटा शाखा पु¥याउने लक्ष्य रहेको बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र, पोखरा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य यदुनाथ अधिकारी, पोखरा पर्यटन परिषदका उपाध्यक्ष भरतराज पराजुली र पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगतबहादुर पहारी, बैंकका मदन मुल्मी लगाएतले बैंकको शाखा विस्तारले पर्यटकीय क्षेत्रमा सहज हुने बताए ।
जनता बैंक नेपाल लिमिटेडले पूर्वमेची देखि पश्चिममहाकाली सम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ९४ शाखा, २६ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरु मार्फत करिव ५ लाख ग्राहकलाई सेवा पु¥याउदै आएको बैंकले जनाएको छ । बैंकको हाल ५२ अर्ब ४४ करोड रुपैया निक्षेप र ४९ अर्ब २४ करोड रुपैया कर्जा लागनी गरेको छ । बैंकले आर्थिक वर्ष २०७३÷७४ को मुनाफाबाट १४.४ प्रतिशत बोनस शेयर वितरण गरे सगै चुक्तापुँजी ८ अर्ब ७ लाख पुगेको छ ।