पोखरा, १७ माघ/अस्टे«लियाको सिड्नी शहरमा चर्चामा रहेको डी मुग्लान रेष्टुरेन्टको (थकाली खाना) शाखा पोखराको मिड टाउन ग्यालरियामा सञ्चालनमा आएको छ ।
अस्टे«लियामा सञ्चालन गरेको करिब आठ बर्ष सम्मको अनुभबलाई संगाल्दै आफ्नै गृह रहर पोखरामा उत्कृष्ट ब्यबस्थापन र नौलो प्रबिधिको साथमा स्बादिष्ट परिकारहरु, थकाली खाना साथै प्रत्येक दिन बेलुकी ख्याती प्राप्त कलाकारहरुद्धारा लाईभ म्युजिक समेत रहने जानकारी सञ्चालक तथा निर्देशक राजमान थकालीले जानकारी गराए ।
फेब्रुअरी १ देखि औपचारिक सञ्चालनमा आउन लागेको डि मुग्लान रेष्टुरेन्टमा करिब २०० जना ग्राहकहरुले एकै साथ सेवा लिन सक्ने क्षमता रेहेको र ३५ जना कर्मचारीले प्रत्यक्ष रुपमा रोजगार प्राप्त गरेका छन् । औपचारिक सञ्चालनको पहिलो र दोश्रो दिनमा सुगम संगितका चर्चित गायक सुगम पोखरेल र चर्चित हास्य कलाकार सन्दीप क्षेत्रीको साथमा निनाद ब्याण्डको बिशेष साँगितिक प्रस्तुती रहने दि मुग्लानका मार्केटिङ्ग म्यानेजर सुरज थापाले जानकारी दिए ।
करिब एक करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको मुग्लान रेष्टुरेन्ट फरक शैली र बिशेषताहरुको साथमा ग्राहकहरुको आतित्थ्य सत्कार, पारिवारिक बातावरण, अनुभवी कर्मचारीहरु, हाईजनिक तथा स्बादिष्ट परिकारहरु र दैनिक लाईभ म्युजिकमा ग्राहकहरुलाई पूर्ण सन्तुस्ती प्रदान गर्न तैयार रहेको रेष्टुरेन्टका अपरेशन म्यानेजर सञ्जय गुरुङले बताए ।