सितोरीयोेको वेल्टटेष्ट कार्यक्रम सम्पन्न

पोखरा, १९ साउन/कास्की जिल्ला सितोरीयो कराँते संघको अयोजनामा पोखरा रंगशालामा ६ वटा
डोजोका खेलाहरुको वेल्टटेष्ट कार्यक्रम शनिबार सम्पन्न भएको छ । वेल्टटेष्ट कार्यक्रममा मालेपाटन डोजो, फुलबारी डोजो, लेक्साईड डोजो, सितलदेवी, शितलदेवी डोजो, राष्ट्र बैक चोक डोजो र रंगशाला डोजोका १ सय ३१ जना खेलाडीको सहभागिता रहेको थियो ।
जसमा ह्वाईट वेल्टबाट ओरेन्ज बल्टेका लागि ३६ जना खेलाडी, ओरेन्जबाट स्टेप
ग्रिनका लागि २६ जना खेलाडी, स्टेप ग्रिनबाट ग्रिनका लागि २२ जना खेलाडी,
ग्रिनबाट व्राउन थडका लागि १५ जना खेलाडी, ब्राउन थडबाट सेकेण्डका लागि १४
जना खेलाडी र ब्राउन सेकेण्डबाट फस्टको लागि १८ जना खेलाडीले वेल्टटेष्ट
दिएका थिए ।
कास्की जिल्ला सितोरीयो कराँते संघका अध्यक्ष सुरेन्द्र कुमार गुरुङको
अध्यक्षतामा सम्पन्न कार्यक्रम निर्णायकका रुपमा जिवन मल्ल, धन लामा, अभीमान
गुरुङ, मनराज भण्डारी, शुव्वा गुरुङ, राजेश तामाङ, दिनेश थापा, बुद्ध पुन,
दिलिप थापा र विष्णु नेपाली निर्णायक रहेका थिए ।

कमेन्टहरु
Loading...