गिता राना मगर, पोखरा ७ माघ । पोखराको अमरसिंह चौरमा उल्लेख्य दर्शकले सहभागीता जनाएका छन । महोत्सवको एघारौ दिन सम्म आइपुग्दा २ लाख ८ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन । त्यसैगरी महोत्सवमा १० करोडको कारोवार सम्पन्न भएको छ । महोत्सवको एघारौ दिन आइतबार १३ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेको महोत्सव प्रचार प्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए । महोत्सवमा आइतबार मात्रै १ करोड २५ लाखको कारोबार भएको प्रचार प्रसार संयोजक श्रेष्ठले जानकारी दिए ।
अघिल्लो वर्षहरुमा जस्तै यो वर्षपनि महोत्सव भब्य र सभ्य ढंगले सम्पन्न हुनेमा आफुहरु ढुक्क रहेको महोत्सव सचिवालय उपसमिती संयोजक तथा महोत्सव आयोजक युनाइटेड क्लवका द्धितिय उपाध्यक्ष लोक बहादुर थापाले वताए । आठौ पोखरा महोत्सवमा पनि अघिल्ला वर्षहरुमा जस्तै पोखरा र आसपासका दर्शकले मन पराइ आफुहरुको सामाजिक काममा सहभागीता जनाएकोमा महोत्सव आयोजक परिवार निकै हर्षित भएको महोत्सव मुल आयोजक समिती संयोजक तथा युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले वताए ।
महोत्सवमा यो पटक हात्ती हेर्ने र हात्ती सवार गर्नेको भीड नै लाग्यो । अघिल्ला वर्षहरुमा वन्यजन्तु अवलोकनको ब्यवस्था गरिएको भएतापनि यो वर्ष महोत्सव स्थलमा जनवार हेर्ने ब्यवस्था नगरिएपनि आगामी वर्ष पोखरा लेखनाथको पचभैयामा निर्माणधिन अवस्थामा रहेको चिडियाखाना मा रहेको बन्यजन्तु उद्धार केन्द्रको अवलोकनका ब्यवस्था मिलाइने पोखरा चिडियाखाना निर्माण समिती संयोजक तथा युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले वताए ।
महोत्सवमा अघिल्लो महोत्सवहरुमा जस्तै यो वर्षपनि विभिन्न ब्यवशायी संघ सस्थाहरुले ब्यानर प्रायोजन गरी महोत्सवलाई भब्य र सभ्य बनाउन सहयोग पु¥याएको महोत्सव प्रयोजक ब्यवस्थापन उपसमिती संयोजक तथा क्लवका सचिव शान्त बहादुर थापाले वताए ।
महोत्सवको एघारौ दिन चर्चित लोकदोहोरी गायिका राधिका हमालको प्रस्तुतीले महोत्सवमा उपस्थित दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरिन । महोत्सवमा आइतबारको सांझ लाइभ ब्याण्ड तर्फ द एक्स ब्याण्डको प्रस्तुतीले सांझमा महोत्सवको अवलोकन गर्न पुगेका युवा युवतीहरुलाई झुमाउन सफल भएको महोत्सव कलाकार ब्यवस्थापन उपसमिती संयोजक तथा क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।
महोत्सवको अन्तिम दिन सोमबार लोकदोहोरी कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, शिवहरी ढुंगाना, तारापति सुवेदी, शरला पाण्डे, घनश्याम पाण्डे, प्रेमराज अधिकारी, लक्ष्मी नेपाली, तारा गोदाल, ओम गुरुङ, सृजु अधिकारी, शंकर विरही गुरुङ लगायतको प्रस्तुती रहने छभने लाइभ ब्याण्ड तफए पछिल्लो समय गायनको माध्यामबाट चर्चित गायिका मेलिना राइको प्रस्तुती रहने छ ।
यसैगरी महोत्सवमा आयोजित प्रदेश स्तरिय लोकदोहोरी प्रतियोगितामा लोकदोहारी प्रतिष्ठान कास्की र स्याङजा का बीच उपाधीका लागी प्रतिस्पर्धा गर्नेछनभने तेश्रो र शान्तवना स्थानका लागी लोक दोहोरी प्रतिष्ठान गोर्खा र बाग्लुङको बीच प्रतिस्पर्धा रहने छ । प्रदेश स्तरिय लोकदोहोरी प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो र शात्वना स्थान हासिल गर्नेले ३०, २०, १२ र ८ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रदेश स्तरिय लोकदोहोरी प्रतियोगितामा प्रथम पुरस्कार रेन्वो एकेडेमी, द्धितिय पुरस्कार विन्दबासिनी दोहोरी संघ, तृतिय पुरस्कार सुनगाभा दोहोरी संघ र शान्तवना पुरस्कार साताताल दोहोरी संघको प्रायोजन रहेको कलाकार ब्यवस्थापन उपसमिती संयोजक लालकाजी गुरुङले जानकारी दिए । महोत्सवको समापन सोमबार दिउसो दुई बजे माननिय रविन्द्र अधिकारीले गर्नेछन ।