पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

काठमाडौं,  ३ माघ/पेट्रोलियम पदार्थको भाउ फेरि बढाइएको छ ।नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको भाउ प्रतिलिटर १ रुपैयाँ र डिजेल एवं मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाएको जनाएको छ ।

अब पेट्रोलको मूल्य बढेर प्रतिलिटर १०३ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ८१ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले भाउ बढाउनुपरेको निगमले जनाएको छ । यसअघि, पुस १७ गते पनि निगमले इन्धनको भाउ बढाएको थियो ।

कमेन्टहरु
Loading...