पोखरा, १ माघ /बारीदेखि बजारसम्म ! पोखराको बजार कृषि सहकारीको नारा हो यो । कर्णाली अञ्चलबाट ल्याइएको काउनो, चिनो,बन तरुल, गुन्द्रकदेखि खुसार्नी पनि बेच्छ बजार सहकारीले ।
‘हामी प्राङ्गारिक खेतीको पक्षमा छौँ र त्यस्तै सामानहरु किसानको बारीबाट सोझै बजारमा ल्याउँछौँ’, यो अभियानमा खटिएका तुलसी गिरीले भने,‘ परम्परागत खाद्यान्नलाई उपभोक्तासम्म पु¥याउनु हाम्रो लक्ष्य हो ।’ सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेलामा स्टल राखी आफ्नो ब्राण्डको प्रचारमा जुटेका उनले थपे,‘मेलामा सहभागीहरुले दिनुभएको प्रतिक्रियाले हामी उत्साहित छाँै ।
त्यसो त उनीमात्र हैन, पर्वतबाट भट्टमास, मह, टिमुरको छोप, अनदीको चामल,लसुनदेखि हस्तकलाका सामानसहित मेलामा स्टल राखेको सौगात कोसेली घर पनि मेलाको आकर्षण बनेको छ ।
‘मेलामा नपाइने कुनै कुरा छैन, हामीकहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्पादनहरु समावेश छन्,’संघका अध्यक्ष विश्वशंकर पािलखेले भन्नुभयो,‘चिया, सावुन लगायतका दैीनक जीवनमा पाइने सामानहरु सुपथ मूल्यमा पाउनु मेलाको विशेषता हो ।’
स्थानीय हावापानी सुहाउँदो तरकारीका बिउ उत्पादक हो, भरतपुरको अनमोल बिउ प्रालिदेखि मोवाइलहरुको बृहत प्रदर्शन,अटो प्रदर्शनी,विभिन्न जातका फूलहरुले पनि गृहिणीलाई आकर्षित गरेको अध्यक्ष पालिखेको भनाई रहेको छ ।