राष्ट्रिय औद्योगिक व्यापार मेलामा मोवाइल खरिदमा ५० प्रतिशत सम्म छुट

पोखरा, २६ पुस/पोखरामा भोलि (बिहीबार) देखि सुरु हुने राष्ट्रिय औद्योगिक ब्यापार मेलासंगै अर्काे मेला दोश्रो मोवाइल मेलाको समेत तयारी पुरा भएको छ । ब्यापार मेलासंगै आयोजना हुने मोवाइल मेलामा आफुहरुले नेपालकै चर्चीत र प्रयोगमा आएका मोवाइलका नयाँ ब्राण्ड सहित ईलेक्ट्रोनिक्सका सामाहरु समेत एकै छाना मुनि बाट विक्रि वितरण गरीने भएको नेपाल मोवाइल बितरक संघ पश्चिमाञ्चलका अध्यक्ष शिवराज पहारले बताए ।

उनका अनुसार सामसुङ, भिभो, ओप्पो, मोटोरोला, हुवावे, नोकिया, कलर्स, जि–योनी, आई–टेल, टेक्नो मोवाईल, लाभा, माईक्रोम्याक्स, सिजि मोवाइल लगायतका मोवाइलका आधाकारिक कम्पनिबाटै स्टलहरु रहने भएका छन। काठमाण्डौंको विधि कमर्सीयल इक्यूपमेन्ट सोलुसनले होटल तथा रेष्टुरेण्ट, मासु पलस, बेकरी, मार्टहरुमा प्रयोग हुने गरी डि–फ्रिज, वोटल कुलर विक्रि वितरण गर्ने भएको छ ।

डिजिटल साउण्ड एण्ड भिजनबाट घरयासी इलेक्ट्रोनिक्सका सामानहरु, डिस होम, मोवाईलका एशोशरिजका सामानहरु, रहेक मोवाईल खरिदा उपहार प्रदान गरिने भएको अध्यक्ष पहारीले बताए । उनका अनुसार मोवाईल खरिदमा न्यूनतम ५ देखि अधिकतम ५० प्रतिशतसम्म छुट हुने भएको छ । साथै मोवाइल किन्दा टेलिभिजन समेत लक्की ड्रबाटै उपार प्रदान गरिने भएको छ ।

पोखराको नयाँबजारमा रहेको पोखरा प्रदर्शनी केन्द्रको भित्रको डोम भित्र मोवाईल तथा ईलेक्ट्रोनिक्सका सामानहरु प्रदर्शनी तथा बिक्रि हुने पहारीले बताए । नयाँ मोडलको मोवाईल प्रदर्शनी हुनाको साथै परामर्श समेत गराईने भएको उनले जनाए । डोम भित्र करिब १८ वटा मोवाईल तथा ईलेक्टिोनिक्सका का स्टलहरु रहने भएकाछन।

‘लगानीको सम्बद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ हुने सफल पोखरा राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा दोश्रो मोवाइल मेला पोखराको समृद्धि, आर्थिक गतिविधिलाई चलायमान बनाउने, प्रदेश नम्बर ४ को ब्यबसाय बिस्तारको सम्भावनाको खोजी गर्ने तथा प्रदेशको पर्यटकीय सम्भावनाको उजागर गर्ने उद्धेश्यले आयोजना गरिएको संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक विश्वशंकर पालिखेले बताए । समग्र मेलामा २ सय ९० वटा व्यापारिक तथा सेवा मुलक स्टलहरु रहेको संघका महासचिव दामु अधिकारीले बताए ।

कमेन्टहरु
Loading...