पोखरा, २२ पुस /हिउँद यामको सुरुवात सँगै निर्माणका कामले तिव्रता पाउन थालेपछि सिमेन्ट र छड कम्पनीहरुले मनोमानी रुपमा मुल्य वृद्धि गरेको भन्दै हार्डवयेर व्यवसायीहरु आन्दोलित भएका छन् । पोखरा हार्डवयेर एशोसियसनले एक विज्ञप्ती निकाल्दै निर्माण सामग्री सिमेन्ट, छडको माग अधिक हुने मौका छोपेर उद्योगीले बदनियतपूर्ण तरीकाले मूल्यवृद्धि गरेकोमा आपत्ती जनाएको छ ।
व्यवसायहरुमाथीनै उद्योग कम्पनीहरुले एकाएक थेग्ने नसक्ने गरी सामानको मुल्य वढाएको देख्दा हामी अवाक भएका छौं– एशोसियसनका अध्यक्ष राजेश कुमार गुप्ताले वताए ।विगत १० दिन देखी नेपाल भरीका सिमेन्ट र छड कम्पनीहरुले बिनाकारण र बिनाआधार पीपीसी सिमेन्टमा प्रति ५० किलोग्रामको बोरामा १ सय रुपैयाँ, ओपीसी सिमेन्टमा १ सय २० रुपैयाँ र फलामे छडमा प्रतिकिलोग्राम १३ रुपैयाँ मूल्यवृद्धि गर्दा हामी हाम्रा व्यवसाय वन्द गर्नु पर्ने अवस्थामा पुगेका छौं,उनले भने ।
अनावस्यक र किर्तीम अभाव सुजना गरी मुल्य वढाउदा व्यवसाय नियमित रुपमा संचालन गर्न नसक्ने पनि विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ–“यस प्रकारको मुल्य वृद्धिवाट हामी कास्कीमा रहेका दुई सय २० हाडवेयर व्यवसायी आन्दोलित र आफ्ना व्यवसाय वन्द गर्ने सम्मको अवस्थामा पुगेका छौं ।”
समवन्धीत कम्पनीहरु सँग पटक पटक अनुरोध गर्दा पनि सुनुवाई नभए पछि बिनाकारणको मूल्यवृद्धिले प्रत्यक्ष असर उपभोक्ता र हाडवेयर व्यवसायीमा परेको हँुदा यसले परेको समस्याप्रती गम्भीर हुन पनि सरोकार वालासँग हामी विनम्र अनुरोध गर्दछौं जिज्ञप्तीमा भनिएको छ ।
मुल्य वृद्धि गर्नु पर्ने कारणहरुमा विद्यमान अवस्थामा लोडसेडिङ पनि छैन, डलरको भाउ पनि बढेको छैन, क्लिंकरको भाउ समेत बढेको छैन र स्वदेशमै प्रशस्त मात्रामा क्लिंकर मौज्दात रहेको अवस्थामा उपभोक्ताको ढाड सेक्ने गरी मूल्य बढाइएको छ यो सरासर कम्पनीहरुले गरेको अत्याचार र अन्याय हो–विज्ञप्तीमा उल्लेख छ ।