मेलाको बारेमा सुझाब माग्दै सदस्यहरुको घर दैलोमै

पोखरा, २० पुस/पोखरा उद्योग वाणिज्य संघको टोली सुझाव माग्दै सदस्यहरुको घरदैलोमै पुगेको छ । संघले सम्पादन गरेका गतिविधीबारे जानकारी लिन तथा संघको भावी रणनीति तय गर्दा सदस्यहरुकोे चाहना सम्वोधन गर्नको लागि संघले यो अभियान थालनी गरेको हो ।

संघका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार बिहीबार लामाचौरबाट सो अभियानको थालनी गरिएको छ । अभियान पोखराका सबै क्षेत्रमा संचालन गरिने पनि उहाँले जनाउनुभया । लामाचौरमा आयोजना भएको कार्यक्रममा बोल्दै संघका अध्यक्ष पालिखेले पोखरा उद्योग वाणिज्य संघले सम्पादन गरेका गतिविधीहरु समग्रप पोखराको आर्थिक र सामाजिक विकासको लागि समर्पित रहेको बताउनुभयो ।

संघले आफ्ना सदस्यहरुको चाहना र आवश्यकतालाई केन्द्रमा राख्दै आफ्ना गतिविधी संचालन गरेको जनाउँदै कानूनको दायरामा रही व्यापार/व्यवसाय गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशको निर्विकल्प राजधानी पोखरालाई अन्तर्राष्ट्रियस्तरको सहर बनाउनको लागि संघले सरोकारवालाहरुसँगको सहकार्यमा विभिन्न कार्य गर्दै आएको उहाँको भनाई थियो । उ
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रविन्द्रबहादुर प्रजुले यही पुस २७ गतेदेखि माघ ८ गतेसम्म संचालन हुने सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ पोखरामा सहभागि हुन तथा मेलालाई सफल बनाउन सदस्यहरुसँग आग्रह गर्नुभयो ।

संघका महासचिव दामु अधिकारीले मेला सम्पूर्ण सदस्यहरुको समेत मेला भएकोले सो मेलामा सहभागि भई सुझाव दिनसमेत आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष तथा संघ साधारण सदस्य बमबहादुर गुरुङले नवआदर्शले समेत मेलालाई हरतरहले सघाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै संघका साधारण सदस्य यज्ञबहादुर बस्नेतले अनधिकृतरुपले हुने पोके व्यापार नियन्त्रणमा संघले ध्यान दिनुपर्ने बताउनुभयो । अर्का सदस्य गिरिधारी शर्माले मेलालाई सफल पार्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।सदस्य दुर्गा केसी थापाले पोखरा उद्योग वाणिज्य संघले गरेका गतिविधीले आफू गौरवान्वित भएको बताउनुभयो । अर्का सदस्य सविन जिसीले संघले सदस्यता बृद्धिमा लाग्नुपर्ने सुझाव दिनुभयो ।

कमेन्टहरु
Loading...