पोखरा, ११ पुस/ सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेकसाइड पोखराको १० औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । कार्यक्रममा कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सुदिप ढकालले नीति, नियमको अधिनमा रहेर सहकारीहरु सञ्चालन हुनुपर्ने बताए । नेपालको सहकारी अभियानले आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको उनले बताए ।
कार्यक्रममा पर्यटन व्यवसायी तथा सहकारीका सल्लाहकार गणेशबहादुर भट्टराईले सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा सल्लाहकार डम्बरबहादुर केसी, पोखरा ६ का वडा अध्यक्ष जगत पहारी, पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्मा लगायतले बोलेका थिए ।
सहकारीका अध्यक्ष टीकाराम सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, कर्मचारी तथा शेयरसदस्यका छोराछोरी मध्य उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको सचिव सोम थापाले जानकारी दिए ।
साधारणसभाले अध्यक्ष, सचिव र लेखासमितिको प्रतिबेदन सर्वसम्मत पारित गरेको छ । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भोजकुमार श्रेष्ठले राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव सोम थापाले गरेका थिए । सहकारीमा १ सय २४ जना शेयर सदस्य छन् ।