पोखरामा अंग्रेजी नयाँ बर्षको स्वागतको तयारी, निम्तो बाड्दै व्यवसायी

फाइल तस्विरहरु

पोखरा, १० पुस /अंग्रेजी नयाँ बर्ष मनाउन पोखरा आउन निम्तो बाढ्दै पोखरेली पर्यटन व्यवसायी पोखरा देखि पाल्पा, बुटवल, लुम्बिनी हुँदै सौराहा पुगेका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पुष १३ देखि १७ गते सम्म हुने पोखरा सडक महोत्सवको प्रचार प्रसार गर्दै पोखराका पर्यटन व्यगसायी प्रदेश नम्वर ५ र ३ को बिभिन्न शहर पुगेका हुन् ।

रेवान टोलीले बुधबार बुटवलको मणिग्राममा पत्रकार सम्मेलन गरि प्रदेश नम्वर ५ का नागरिकलाई अंग्रेजी नया बर्ष मनाउन पोखरा आउन निम्तो बाढेको रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले बताए । पाँच दिन सम्म हुने सडक महोत्सवमा स्वदेसी तथा विदेशी कलासंस्कृती र खानाले भरपुर मनोरञ्जन दिने उनले सुनाए । लुम्बिनी र चितवन घुम्न आउने पर्यटकलाई समेत नयाँ बर्ष मनाउन पोखरा जाने प्याकेज बनाएर पठाउन रेवान पोखराका अध्यक्ष गुरुङले स्थानीय पर्यटन व्यवसायीलाई अनुरोध गरे ।

पत्रकार सम्मेलनमा सिद्धार्थ उद्योगवाणिज्य सघका अध्यक्ष रामकुमार शर्माले पर्यटकीय नगरी पोखरा र धार्मिक पर्यटकीय सहर लुम्बिनी बिच पर्यटकीय सम्बन्ध बिस्तार गर्न सके पर्यटनका माध्यमवाट प्रदेश नम्वर ४ र ५ को आर्थिक सम्बुद्धि हुने बताए । यसका लागि सडक सञ्जाललाई सहज बनाउनु पर्नेमा उनले जोड दिए । भैरहवा, पाल्पा हुदै पोखरा जोड्ने सिद्धार्थ राजमार्ग २५ बर्ष जस्तो थियो उस्तै साँघुरो र घुम्ती सडकका कारण पर्यटक सिद्धार्थ राजमार्ग हुँदै पोखरा जानै नमान्ने हुँदा समस्या परेको उनले सुनाए ।

19th Street Festival Pokhara Lakeside
19th Street Festival Pokhara Lakeside

सिद्धार्थ होटल एशोसियसन अफ नेपालका उपाध्यक्ष किशोर जोशीले पोखरा सडक महोत्सव देशकै उत्कृष्ट महोत्सव मध्येको एक भएकोले प्रदेश नम्वर ५ का नागरिक र भैरहवा आउने विदेशी पर्यटकलाई समते नयाँ बर्ष मनाउन पोखरा जान सुझाउने प्रतिवद्धता जनाए । चितवनको सौराहामा भएको पत्रकार सम्मेलनमा चितवनको पर्यटन व्यवसायीले पोखरा र चितवनको पर्यटन व्यवसायको विकासकालागि एक शहर र अर्को शहर विचको सहकार्य हुनु पर्ने जोड दिए ।

दुई प्रदेश मिलेर एक अर्को शहर र प्रदेशको पर्यटन विकासमा सघाएर अघि बढ्नु पर्ने क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमीरेले बताए । अन्नपूर्ण क्षेत्रको पदयात्रा र पोखरा सेरोफेरोवाट देखिने हिमश्रृखला अवलोकन गर्नकालागि पोखरा विश्व बजारमा प्रख्यात भए जस्तै विश्वकै दुलभ एक सिंगे गैडा देखि बिभिन्न जंगली जनावरको अवलोकन गर्न चितवन राष्ट्रि निकुञ्ज पनि अन्तर्राष्ट्रिय पर्यटक माझ प्रख्यात हुँदै गएकोले सहकार्य गरि पर्यटन विकासमा जुट्नु पर्ने उनले सुनाए ।

पोखरामा १८ औ सडक महोत्सव सुरु तस्विर ः सञ्जय शाक्य
पोखरामा १८ औ सडक महोत्सव सुरु तस्विर ः सञ्जय शाक्य

क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गोकण गिरीले प्रदेश नम्वर ४ र प्रेदेश नम्वर ३ पर्यटकीय सम्भावना प्रशस्त भएकोले विगत भन्दा अझै प्रभावकारी रुपमा सहकार्य गरि पर्यटन विकासमा लाग्नु पर्नेमा जोड दिए । चितवनमा नेपाल आउने कुल पर्यटकमा जम्मा ३० प्रतिशत पर्यटक मात्र चितवन पुग्ने उनले सुनाए । नेपाल आउने कुल पर्यटक मध्ये ७० प्रतिशत पर्यटक पोखरा पुग्ने भएकोले पोखरा र चितवनका पर्यटन व्यवसायी सहकार्य गरि अघि बढ्ने पर्ने उनले बताए ।
कार्यक्रममा प्रदेश नम्बर ४ उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीब बहादुर कोइराला, पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्मा, परिषद्का पुर्व अध्यक्ष सुर्यबहादुर भुजेल लगाएले महोत्सवमा सबैलाई आउन आग्रह गरेका थिए ।

mini street festival world tourism day pokhara पर्यटन दिवसमा पोखरामा मिनि सडक महोत्सव
mini street festival world tourism day pokhara पर्यटन दिवसमा पोखरामा मिनि सडक महोत्सव

सडकमै खाउँ, सडकमै नाचौ र सडकमै रमाऔं भन्ने नाराका साथ पोखराको फेवाताल किनारमा विगत १८ बर्ष देखि सञ्चालन हुदै आएको सडक महोत्सवमा हजारौको सहभागीता रहने गर्दछ । पछिल्लो समयमा पोखराको सडक महोत्सव आन्तरिक तथा बाह्य पर्यटक माझ अंग्रेजी नयाँ बर्ष मनाउने गन्तव्य बन्दै गएको छ । महोत्सवमा पोखरा र यस क्षेत्रको बरिपरिका प्राचिन कला, संस्कृति र रहनसहनको प्रचार सगै बिदेशी माँझ नेपाली कला संस्कृती चिनाउने माध्यम बन्दै गएको छ । महोत्सव विगत जस्तै गरि फेवाताल किनारको ३ किलोमिटरको सडकमा हुने छ । पाँच दिन सम्म हुने सडक महोत्सवमा ५ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने लक्ष्य आयोजकको छ ।

महोत्सवमा मनोरन्जन गतिविधि फेवाताल किनारमा रहेको कोमागाने पार्कमा हुने गरि सम्र्पूण व्यवस्था मिलाएको छ । र्पाकभित्र विभिन्न एक सयभन्दा बढी स्टलहरु राखिने र महोत्सव अवधीभर पर्यटकले सडकमै खानपिन र मनोरञ्जन गरी महोत्सवको मज्जा लिन पाउनेछन् । महोत्सवमा राष्टिय लोकदोहोरी गीत, बाल उद्यान, फुड फेष्टिबल, पञ्चे बाजा, नेवारी लाखे नाच, गुरुङ नाच, थकाली नाच, भजन चुड्का, मगर समुदायको कौडा, तामाङ सेलो, कर्मचारि दौड, वेटर रेस लगायतका कार्यक्रमहरु समेत गरिने रेवान पोखराले सल्लाहकार एंब पुर्ब अध्यक्ष बलराम पहारीले जानकारी दिए । अंग्रेजी नयाँ बर्ष र क्रिसमसमा पोखरा आउने पर्यटक पनि भारतको गोवा जाने भएकोले नेपाल आउने पर्यटकलाई पोखरामा आकर्षित गर्ने उद्देश्यले पोखराका पर्यटन व्यवसायीले अंग्रेजी नयाँ बर्षमा सडक महोत्सव गर्दै आएका हुन् ।

कमेन्टहरु
Loading...