पोखरा, ९ पुस /क्रिसमस र अंग्रेजी नयाँ बर्ष पश्चिमा मुलुकमा बढी मनाइने भएपनि पछिल्लो समय नेपालमा पनि यसको रौनकताले छुन थालेको छ । क्रिसमस र नयाँ बर्षको पुर्वसन्ध्यामा देशको पर्यटकीय सहर पोखराको लेकसाइडमा पर्यटकको चहल पहल ह्वातै बढेको छ ।
घाम झुल्के देखि नअस्ताउदा सम्म खुलिरहेको हिमाल, पुसको कठ्याँग्रिदो जाडोमा पनि सुर्यको पहारिलो ताप, हो यसमा नरमाउने को होला र ? हुनत क्रिसमस र नयाँ बर्षको लागि नेपाल आएका बिदेशी पर्यटक पनि स्वदेश फर्किने समय हो । तर पछिल्ला बर्ष पर्यटकको बसाइ लम्ब्याउन र आन्तरिक पर्यटक पोखरा बोलाउने माध्याम बनेको छ क्रिसमस र अंग्रेजी नयाँ बर्ष । पोखरा लेकसाइडका होटल र रेष्टुरेण्ट अहिले दुलही झैँ सिंगारिएको छ ।
क्रिसमस र अंग्रेजी नयाँ बर्षमा पर्यटन ब्यबसाही पाहुनालाई के नयाँ दिन सकिन्छ भनेर तयारीमा जुटेका छन् । पोखरामा झन्डै २ दशक देखि अंग्रेजी नयाँ बर्षमा सडक महोत्सब आयोजना गर्न थालिएको छ । यो वर्षा पनि अंग्रेजी महिना डिसेम्बर २८ देखि जनवरी सम्म लेकसाइडको ३ किलोमिटर सडकमा सडक मै खाउ, सडक मै नाचौ , सडक मै रमाउ भन्ने नारा दिएर रेस्टुरेन्ट एंड बार एसोसिएसन पोखराले महोत्सब आयोजना गरेको छ । त्यस्तै प्रत्यक होटल र रेस्टुरेन्टले पनि स्थानीय एबम रास्ट्रिय कलाकार बोलाएर आफ्नो छुट्टै कार्यक्रम आयोजनाको तयारीमा जुटेका छन् ।
हुनत अरुबेला पनि पोखरा आउने पर्यटकको संख्या उल्ख्यनै छ तर यो समयमा पोखरा आउने अन्तरिक पर्यटकको संख्या अरुबेला भन्दा धेरै माथि हुने गर्छ । पोखरामा पर्यटक लक्षित होटलहरु ५ सय भन्दा बढी छन् । जसमा २२ हजार भन्दा बढी कोठा रहेका छन् । यो संगै आसपासका होटल समेत हिसाब गर्ने हो भने २५ हजार भन्दा बढी वेड रहेको र बुकिङ्ग पनि धमाधम भैरहेको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरत पराजुलीले बताए ।
पर्यटकको संख्या बढ्नु त सकारात्मक छ नै छ तर यही अवसरको मौका छोपी आफूखुसी मूल्य तोक्ने र पर्यटक संग मनपरी कोठा प्रयोग बापतको मूल्य लिने गुनासो अघिल्ला बर्षमा पनि धेरै नै आउने गरेको थियो । जुन चाहेर पनि हट्न सकेको छैन । तर यो पटक पर्यटन ब्यबसाहीले छुट्टै अनुगमन समिति बनाएर र ठाउँ ठाउँ मा पर्यटकको गुनासो सुन्ने ठाउँ राखेर पर्यटक संग बढी रकम असुल्नेलाइ सम्बन्धित प्रसासनिक निकाएलाइ कारबाहीको सिफारिस गर्ने रेवान पोखराका कोषाध्यक्ष योगेश भट्टराईले बताए ।
बिहान ११ बजे देखि लेकसाइडको खहरे देखि सहिद चोक सम्म को ३ किलोमिटर सडकमा सवारी चल्न बन्द गरिएको छ भने भित्र रहेका रेस्टुरेन्ट र अन्य ब्यबसहिले फुटपाथ सम्म आफ्नो समान राख्न पाउने व्यवस्था मिलाइएको छ । अरुदीन राति ११ बजे सम्म महोत्सब चल्ने छ भने डिसेम्बर ३१ तारिखमा राति १२ बजे नया बर्षको स्वागत गर्ने बेला सम्म महोत्सब चल्ने छ । पोखरामा हुने सडक महोत्सब दक्षिण एसियाकै सबै भन्दा ठुलो पर्यटकीय महोत्सबको रुपमा लिन सकिन्छ ।