पोखरा, ८ पुस/गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियनको १२ औं अधिवेशनले राजन गोगजुको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।
एशोसियशनको शुक्रबार धम्पुसमा सम्पन्न अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा मनकाजी क्षेत्री, महासचिवमा जीवन वहादुर क्षेत्री, कोषाध्यक्षमा नवराज थापा र उपमहासचिवमा मोहन सुवेदीलाई चयन गरेको हो ।
यसैगरी समितिको सदस्यहरुमा राम वसेल, नवराज पौडेल, हरिबावु सापकोटा, सुजन वराल र सुनिल के.सी रहेका छन् ।
यसअघि २४ औं साधारण सभा तथा १२ औं अधिवेशनको उद्घाटन गर्दै, नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले बजारको आपूर्ति सहज वनाउन भण्डारण क्षमता ९० दिन पुर्याईने बताए । निमित्त कार्यकारी निर्देशकले प्रदेश स्तरमा भण्डारण क्षमता वृद्धिका लागि उपयुक्त स्थानको पहिचान गरिएको उल्लेख गर्दै, त्यसको कार्यान्वयनमा तिव्रता दिएको बताए ।
उनले विरगंजमा ग्यास डिपोमा भएको भिषण आगलागीबाट सवै पम्पहरुले सुरक्षण व्यवस्था मिलाउन निर्देशन दिए । निमित्त कार्यकारी निर्देशक भट्टराईले पेट्रोल पम्पहरुले अपनाएका सुरक्षण विधिका आधारमा वर्गिकरण गरेर सुरक्षा स्टीकर वितरण गरिनु पर्नेमा जोड दिए ।
पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियनका द्धितिय उपाध्यक्ष कपिल अधिकारीले आयल निगमको डिपोबाट पेट्रोलियम पदार्थमा हुने नोक्सानीमा निगमले व्यवसायीलाई राहत दिनु पर्ने बताए ।
निगमका गगनगौडा डिपो प्रमुख नवविनोद पोखरेलले विगतको तुलनामा यस बर्ष पेट्रोलको आपूर्ति १६ प्रतिशत र डिजलको ५६ प्रतिशतले वृद्धि भएको बताए । एशोसियनका अध्यक्ष शुशिल गौचनको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष रुद्र घले, निगमका निर्देशक वीरेन्द्र गोइत लगायतले वोलेका थिए ।
कार्यक्रममा पूर्व अध्यक्ष जगत बरालले स्वागत गरेका थिए भने संचालन सचिव राजन गोगंजुले गरेका थिए । साधारण सभाले सचिव गोगंजु र कोषाध्यक्ष जनक नेपालको आर्थिक प्रतिवेदन समेत पारित गरेको थियो ।