पोखरा, ६ पुस/मारुती सुजुकीको प्यासेन्जर कार सेलेरियोको नयाँ परिस्कृत भर्जनको पोखरामा विक्री सुरु गरिएको छ ।
मारुतीको गण्डकी धौलागिरीको आधिकारिक विक्रेता बतास वद्रर्श प्रालिले पूर्ण पारिवारिक कार नाम दिएर वुधवारवाट यस क्षेत्रमा विक्री सुरु गरेको जनाएको छ ।
सेलेरियोमा पारिवारिक आवश्यकतालाई विशेष ध्यान दिइएको वताईन्छ । यसमा के १० ईञ्जिनको प्रयोग गरिएको र २३ दशमलव १ किलो मिटर प्रति लिटर माइलेज दिने क्षमता रहेको वतास वद्रर्शका विक्री प्रवन्धक गणेश ढकालले जानकारी दिए । कारमा उपलब्ध गरिएका सुरक्षा फिचर्सलाई दृष्टिगत गर्दा यसलाई पारिवारिक प्रयोगका लागि सर्वोत्कृष्ट कारका रुपमा लिईने कम्पनीको दावी छ ।
स्ट्याण्डर्ड ड्राइभर एयरब्याग, एण्टिलक ब्रेकिङ प्रणाली, फोर्स लिमिटर तथा प्रि टेन्सनर सुविधा सहितको ईएलआर सिट बेल्टपनि कारमा जडान गरिएको छ । यसको सुरुवाती मुल्य २३ लाख ३९ हजार रहेको छ । ‘सेलेरियाको नयाँ परिस्कृत कारमा नयाँ फ्रण्ट ग्रिल र स्टाइलिश फ्रण्ट बम्पर एसेम्ब्लिकोे छ ।
पछिल्लो भागमा गरिएको परिमार्जनले नयाँ कारलाई पूरानोको तुलनामा हेर्दा फराकिलो लुक्स प्रदान गरेको छ ।’ ढकालले भने ‘ बाहिरबाट हेर्दा मात्र नभइ कारको भित्री सजावटमा समेत आरामदायी भएकोले यस क्षेत्रमा बजार हिस्सा वढाउने अपेक्षा गरेका छौँ।’
१ सय ७० एमएमको उच्च ग्राउण्ड क्लियरेन्स, ४ दशमलव ७ मिटरको न्यूनतम टर्निङ रेडियस , २ हजार ४ सय २५ एमएमको ठूलो ह्विल बेस, आवश्यकता अनुसार समायोजन गर्न मिल्ने सिट, अटो डाउन ड्राइभर पावर लगायतका विशेषता यसमा छन् ।