पुस ४ – मंगलबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । सुन तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार तोलाको ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको हो । चाँदीको भाउ भने मंगलबार घटबढ भएको छैन । चाँदी तोलाको ७ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।