ओमले जर्मनी बैंकसंगको सम्झौता अनुसारको कर्जा लगानी शुरु

पोखरा, २७ मंसिर /ओम डेभलपमेन्ट बैंक लि.द्धारा जर्मनीले केएफडब्लु डेभलपमेन्ट बैंकसंग भएको सभ्झौता अनुसार Sustainable Economic Development in Rural Areas, Nepal कर्जा लगानी शुरु गरेको छ ।

सम्झौता अन्तर्गत केएफडब्लुले ओमलाई सम्झौतामा तोकिएको क्षेत्र अन्तर्गत साना तथा मझौला उद्यममा २ लाख देखि ४० लाख सम्मको कर्जा लगानीको गर्न १० बर्षको लागि रकम उपलब्ध गराउनेछ भने कार्यक्रमको लागि आवश्यक कर्मचारी तालिम, बृत्ती विकास, शाखा कार्यालय तथा लगानीको सम्भाब्यता अध्ययन कार्यको लागि रकम सहयोग गर्नेछ ।

सम्झौता अनुसार कर्जा लगानी शुरु गर्नको लागि केएफडब्लु बैंकका प्रतिनिधिहरुले बैंकका बिभिन्न शाखाहरुबाट लगानी गरिएका परियोजनाहरु भ्रमण गरी बैंकलाई कर्जा लगानीको लागि रकम उपलब्ध गराएको हो । यो परियोजना अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकको स्वीकृतीमा केएफडब्लुले ओमलाई स्वीकृत गरेको ब्यहोरा बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताउनुभयो ।

कमेन्टहरु
Loading...