वासिङ्टन । छ वटा मुस्लिम बाहुल्य रहेको देशमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको फैसलालाई समर्थन गर्दै अमेरिकी सर्वोच्च अदालतले त्यसलाई पूर्ण रुपमा लागु गर्न निर्देशन दिएको छ ।
तल्लो अदालतले यात्रा प्रतिबन्ध लागू गर्न रोक लगाएपछि ट्रम्प प्रशासनले गरेको आग्रहमा सर्वोच्च अदालतका नौमध्ये सात न्यायाधीशले स्वीकार गरेका हुन् ।
यद्यपि, चाड, इरान, लिबिया, सिरिया, सोमालिया र यमनमाथि लगाइएको यात्रा प्रतिबन्धसम्बन्धि निर्देशहरु अगाडी अझै पनि कानुनी चुनौतीहरु भने बाँकी नै रहेका छन् ।
जनवारीमा सत्ता सम्हालेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्ध सम्बन्धि विवादास्पद नीतिका तीन प्रारुप जारी गरेका थिए ।
तल्लो अदालतका न्यायाधीसहरुले ‘मुस्लिमहरुमाथि प्रतिबन्ध’ को संज्ञा दिँदै यात्रा प्रतिबन्धलाई खारेज गर्ने निर्णय दिएका थिए ।