पोखरा ग्राण्डमा जाडोलाई लक्ष्तगरि साप्ताहीक बारबिक्यु

पोखरा, १३ मंसिर /पोखराको पाँचतारे होटल पोखरा ग्राण्डले जाडो सिजनलाई लक्षित गरी बारबिक्युसँगै टिपिकल म्युजिकल कार्यक्रम सञ्चालन गर्ने भएको छ । होटलले हरेक साताको शुक्रबार र शनिबार साँझ कार्यक्रम गर्न लागेको हो ।

होटलको बगैँचा क्षेत्रमा बारबिक्यु कार्यक्रम सञ्चालन गरिने होटलका सिनियर सेल्स म्यानेजर कमल शेरचनले जानकारी दिए ।  ‘बाँसुरी, सारङगी र मादलको संगीतसँगै आन्तरिक तथा बाह्य पर्यटकले बारबिक्युको मज्जा लिन सक्छन्,’ उनले भने, ‘साँझ ६ देखि आवश्यकता अनुसार १० बजेसम्म कार्यक्रम हुन्छ ।’

नेपाली टिपिकल बाजाहरुलाई बाह्य पर्यटकमाझ चिनाउन पनि कार्यक्रम सफल हुने एसिस्टेन सेल्स म्यानेजर अञ्जना अधिकारीले बताइन् ।  बारबिक्युमा सहभागी हुन प्रति व्यक्ति १ हजार ५ सय ९९ रुपैयाँ शुल्क तोकिएको छ ।

प्याकेजमा बारबिक्यु डिनरसहित एक बोतल बियर, एक गिलास वाइन, एक गिलास जुस अथवा एक प्याक रमका साथ बेलुको खानाको व्यवस्था गरेको छ । होटलमा १ सय ४० वटा कोठा छन् । ५ वटा हल छन् । नोभेम्बरमा होटलको अकुपेन्सी करिब ८० प्रतिशत रहेको महाप्रवन्धक रोशन खवासले जानकारी दिए ।

कमेन्टहरु
Loading...