पोखरा, ११ मंसिर /पोखरा लेखनाथ महानगरपालिकाको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले आफ्नो १० औं शाखा संचालनमा ल्याएको छ । फाइनान्सले सोमवार देखि कास्की, माछापुच्छे« गाँउपालिकाको वडा नं. ४ लाहाचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । ग्रामीण क्षेत्रमा समेत शाखा खोल्ने उद्देश्य अनुरुप स्थापित उक्त शाखाको समुद्घाटन माछापुच्छे« गाऊंपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङले गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले बताए ।
वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङको अध्यक्षतामा संचालित उद्घाटन कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष पूर्ण बहादुर शाही, महेन्द्र मा.वि. का प्र.अ. गोविन्द प्रसाद अधिकारीले फाइनान्सलाई शुभकामना दिएका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले स्वागत तथा सञ्चालक माया गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।
चुक्ता पृ्ंजी रु. ६५.५७ करोड रहेको यस वित्तीय संस्थाले २०७४ असोज मसान्त सम्ममा निक्षेप रु. ३ अर्व ८० करोड ३५ लाख तथा कर्जा लगानी रु. ३ अर्व ५३ करोड ७० लाख पु¥याउनुको साथै जगेडा कोषमा रु. ४२ करोड ५३ लाख रहेको छ । उक्त लाहाचोक शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा तथा आस्वा लगायतका सेवा दिनुका साथै निकट भविष्यमा १५ प्रतिशत हकप्रद एवं आ.व. २०७३/७४ को मुनाफा वितरणबाट ने.रा. बैंकद्वारा तोकिएको चुक्ता पृ्ंजी रु. ८० करोड पु¥याउने जानकारी प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले दिए ।