नेपालका पाँच होटल तथा रिर्सोटलाई साउथ एशियान ट्राभल्स अवार्ड

सागर राज तिमिल्सिना
पोखरा, २३ कात्तिक/नेपालका पाँचवटा होलट तथा रिर्सोटलाई साउथ एशियन ट्राभल्स अवार्ड जित्न सफल भएका छन् । पोखराका साग्रिला रिर्सोट, चितवनको बाराही जंगललज, काठमाडौको साग्रिला रिर्सोट, होटल अन्नपुर्ण र होटल मुलबेरीले अवार्ड पाएका हुन् ।

पोखराको साग्रिला रिर्सोटले डिलक्स रिसोट एण्ड स्पा विधामा अवार्ड जितेको साग्रिला रिर्सोट पोखराका आवासिय प्रबन्धक उमेश थापामगरले जानकारी दिए । उनले छुट्टाछुटै विधामा नेपालका होटल तथा रिर्सोटले अवार्ड जितेको बताए । उनले होटल तथा रिसोटको सेवा र सुविधालाई हेरेर अनलाइन मार्फट भोटिङका आधारमा अवार्ड प्राप्त गरेको बताए ।

उनले अवार्डले विदेशमा नेपालका होटलका प्रचार प्रसार र सेवा सुविधाका बारेमा जानकारी दिन सजिलो हुने बताए । नेपालले पहिलो पटक उपाधी जितेको समेत उल्लेख गरे साग्रिला रिर्सोट पोखराले पोखरामा कार्यक्रम गरि अवार्डका बारेमा जानकारी दिएको हो । पोखराका साग्रिला रिर्सोटमा ६१ वटा कोठाहरु छन् । ३० रोपनीमा फैलिएको रिसोटमा सन् १९९६ बाट सुरु भएको हो ।

कमेन्टहरु
Loading...