पोखरा, २० कात्तिक /दशैं र तिहार लगायतका पर्वहरुलाई लक्षित गरी पोखरा ट्रेड मलले सञ्चालन गरेको दशै तिहार उत्सव–२०७४ अन्तर्गत नगद वर्षा योजनाको बम्पर उपहार सार्वजनिक शविबार गरेको छ । बम्पर उपहारको प्रथम बिजेताले १ लाख रुपैयाँको नगद तथा सपिङ भौचर पाउनेछन् ।
दोस्रो उपहार विजेताले ६० हजार, तेस्रो हुनेले ४० हजार र चौथो हुनेले २५ हजार रुपैयाँ बराबरको नगद तथा सपिङ भौचर पाउँछन् । पाँचौ उपहार विजेताले ५ हजार रुपैयाँको नगद तथा सपिङ भौचर पाउनेछन् । शनिबार भएको बम्पर उपहारको लक्की ड्र मा कुपन नं। ७९६५६ ले प्रथम उपहार जितेको छ । दोस्रो उपहार कुपन नं। ४६२२० र कुपन नं। १५०६८ लाई तेस्रो उपहार परेको छ । चौथो उपहार कुपन नं। ६९११७ लाई परेको कम्पनी सचिव माधव तिमिल्सिनाले जानकारी दिए ।
पाँचौ उपहार कुपन नं। ५४२१८, १८०७१, ५४५१३, ४७२६१, ४८११२, २३००४, १५२६२, १२४२२, ०५०५५, २८३४४ का ग्राहकलाई परेको छ । उपहार विजेताले १५ दिन भित्र मलको कार्यक्रयमा आप्mनो परिचय पत्र र कुपनको अर्धकट्टि सहित हक दावी गर्नको लागि मलले आग्रह गरेको छ । गत भदौ १५ गतेदेखि कात्तिक १५ सम्म मलमा सञ्चालन गरिएको योजनामा ग्राहकले सामान खरिद गर्दा प्राप्त कुपनलाई उपहारमा सहभागी गराइएको थियो ।
१ हजारको खरिदमा १ वटा र ३ हजारको खरिदमा ३ वटा निशुल्क उपहार कुपन प्रदान गरिएको थियो । उक्त योजनामा साप्ताहिक उपहारको पनि व्यवस्था गरिएको थियो । साप्ताहिक उपहार २ सय ७ जनाले पाई सकेको कार्यक्रमका संयोजक राम कुमार श्रेष्ठले जानकारी दिए । साप्ताहिक उपहारमा ५ हजार, ३ हजार, २ हजार र १ हजार बरावरको सपिङ भौचर प्रदान गएिको थियो ।
शनिबार मलको प्राङगणमा संचालन भएको कार्यक्रममा विविध साँगीतिक तथा विविध मनोरञ्जनात्मक कार्यक्रम समेत भएको थियो । कार्यक्रममा लोक दोहोरी गायिका ज्योती मगर, पोखरेली धुर्मुस र माग्ने बुढा राजेन्द्र नेपाली र युवराज ढकाल, सम्झना सृपाली अविराज बिसी र जमुना देवकोटा लगायतको प्रस्तुति रहेको थियो । पोखरा लेखनाथ महानगरपालिकाका अध्यक्ष रामराज लामिछाने प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखे र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतको उपस्थिति थियो । मलका अध्यक्ष विन्दु कुमार थापाको अध्यक्षतामा कार्यक्रम भएको हो ।