पोखराको स्नोल्याण्ड होटलमा आधा छुट

पोखरा, १० असोज /पोखरा लेकसाइडको होटल स्नोल्यान्डले नेपालीहरुको महान् पर्व दसैंको उपलक्ष्यमा पाहुनाहरुलाई विशेष छुटको प्याकेज ल्याएको छ । पर्वका बेला होटलले कोठामा आधा छुटको घोषणा गरेको हो ।  ‘दसैंको बेलाका लागि मात्रै आधा छुट दिइनेछ,’ होटलका प्रबन्ध निर्देशक गणेशबहादुर थापाले भने ।

उनका अनुसार यो योजना घटस्थापनादेखि सुरु भएको हो । कोजाग्रत पूर्णिमा सम्म आधा छुटमा होटलका कोठा पाइनेछ ।
‘दसैंका बेला नेपालीहरुमा घुमफिरको संस्कृति बढोस् भन्ने उद्देश्यले विशेष छुटको योजना ल्याएका हौं’, थापाले भने, ‘लेकसाइडका पर्यटकीय होटल, रिसोर्टहरु सिजनमा पनि महँगो छैनन् र नेपाली पाहुनालाई विशेष सत्कार गर्न चाहन्छन् भन्ने सन्देश दिनु पनि हाम्रो उद्देश्य हो ।’
होटलस्नोल्यान्डपोखरा डटकम मा विस्तृत जानकारी उपलब्ध गराइएको थापाले बताए । वेबसाइटमै गएर बुकिङ गर्नेहरुलाई मात्रै आधा छुटको व्यवस्था होटलले गरेको हो । अनलाइनबाट बुक पेमेन्ट गर्दा मात्र छुट पाउने र यसका लागि होटलको वेभसाईडमा प्रोमो कोड ९८५६०१०९९९ प्रयोग गरी ईसेवामार्फत भुक्तानी गर्नुपर्नेछ । छुटमा अनलाइनबाट कोठा बुक गर्दा होटल स्नोल्यान्डमा एक रातको न्यूनतम मूल्य १५ सय ५९ रुपैयाँ पर्न आउँछ । यो बिहानको नास्तासहितको मूल्य हो । अधिकतम् भने ३१ सय १८ रुपैयाँ पर्छ ।
सन् १९७२ मा स्थापित पोखरा लेकसाइडकै सबैभन्दा जेठो होटल स्नोल्यान्ड टु स्टार होटल हो । यसमा ४२ कोठा, रेस्टुरेन्ट र कन्फेरेन्स हल छन् । होटलमा पर्याप्त पार्किङ सुविधा पनि छ ।

कमेन्टहरु
Loading...