उज्वल बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

कृष्ण आचार्य, पोखरा, ७ असोज /पोखराको न्युरोडमा रहेको उज्वल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पोखराको होटल ग्राण्डमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि सहकारीले आफ्नो दशौं साधारणसभा सम्पन्न गरेको हो । साधरणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रबिरमण तिवारीले सहकारीले सबै जातजाति बर्ग र क्षेत्रलाई समेट्न सफल भएको भन्दै छरिएर रहेको पुँजीलाई बित्त बजारमा ल्याउन पनि सहकारीले ठुलो भुमिका खेलेको बताएका छन् ।

महिलाहरुलाई समृद्द बनाउन सहकारिले योगदान गरेको बताउदै उनले यस उज्वल सहकारी यसको ज्वालन्त उदाहरण रहेको बताए । सहकारीका सस्थापक अध्यक्ष दिन कुमारी शर्माले सहकारी आर्थिक क्षेत्रको दरिलो खम्वा भएपनि राज्यले हेर्ने दृष्टिकोण अझै सकरात्मक बन्न नसकेको गुनासो गरिन् ।कार्यक्रममा बरिष्ठ पत्रकार नारायण कार्कीले सहकारी प्रति सरकारी निति अनुदार रहेको भन्दै लगानि गर्ने बाताबरण सरकारले बनाईदिने हो भने सहकारीले जुन सुकै क्षेत्रमा पनि ठुलो लगानी गर्न सक्ने दाबी गरे ।

सहकारीका अध्यक्ष अनिला श्रेष्ठको अध्यक्षता सम्पन्न साधारणसभामा क्षेत्र निर्धारण आयोगका सदस्य डाक्टर बिश्व कल्याण पराजुली, सहकारीका उपाध्यक्ष तुमला श्रेष्ठ, शिक्षा समिती संयोजक सिता पाण्डे , रामजी प्रसाद पहारी , तारा सापकोटा , सिता पहारी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिब नरेन्द्र बास्तोलाले गरेका थिए ।

साधारणसभाले अध्यक्ष अनिला श्रेष्ठले प्रस्तुत गरेको अध्यक्षको प्रतिबेदन ,लेखा समितीका संयोजक बैकुण्ठराज तिमिल्सिनाले पेस गरेको लेखा समीतिको प्रतिबेदन सर्वसम्मत पारित गरेको छ । २ सय १३ जना महिला र १ सय ६१ जना पुरुष सदस्य गरी ३ सय ७४ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी १ करोड ७३ लाख ८२ हजार रहेको छ ।

कार्यक्रममा यस बर्षको एसईई परिक्षा उत्रिण गरेका सेयर सदस्यका छोराछोरीहरु अस्मिन पौडेल,अनुपम अधिकारी, श्रृष्टि बराल, आयुशा मुल्मी, प्रज्वाल बास्तोला , अनुश्का श्रेष्ठ, रोजिना पोखरेल,रितीष्ठा श्रेष्ठलाई सम्मान गरिएको थियो ।यसैगरी उत्कृष्ठ बचतकर्ताहरु मनोज शर्मा सापकोटा,रामजि प्रसाद पहारी र साबित्री शर्मा, उत्कृष्ठ असल ऋणीहरु सनत कुमार भट्टराई, रमेश बहादुर पहारी र ज्ञानु पराजुली, कर्मचारीहरु कार्यलय व्यवस्थापक सुरेन्द्र बास्तोला र कार्यलय सहायक पुष्प बास्तोला लगायतलाई पनि सम्मन गरिएको थियो ।

कमेन्टहरु
Loading...