पोखरा। ७ असोज/व्यवस्थापिक संसद एवं विकास समितिका सभापति रविन्द्र अधिकारीले सहकारीको लाभांशमा पारदर्शिता देखाई कर तिर्नुपर्ने बताएका छन् । सहकारी संस्था अपारदर्शिता बढ्दै गएकोले पनि पारदर्शिता देखाई कर तिर्ने तर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।
घरदैलो बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनको शनिबार उदघाटन गर्दै सभापति अधिकारीले नाफाको २० प्रतिशत कर तिर्नुपर्ने प्रावधान हटाई १० प्रतिशतमा झारेको भन्दै करको दर अझै कम हुनुपर्ने जिकिर गरे । “नाफाको कर दर अझै कम हुनुपछ” उनले भने “तर सहकारी संस्थाले आफनो नाफालाई पनि पारदर्शित ढंगले प्रस्तुत गर्नुपर्छ ।”
सहकारीलाई अझै सुदृढ बनाउने सहकारी ऐन आएको भन्दै सांसद अधिकारीले सहकारीले केवल घरसायी खर्चको लागि मात्रै ऋण प्रवाह नगरी व्यवसायिक एवंं उत्पादनमुखी क्षेत्र लगानी गर्नुपर्ने खाँचो औंल्याए । अधिकारीले सहकारी स्वच्छ प्रतिस्पर्धाको रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिदैं नयाँ सहकारी ऐनले अध्यक्षलाई बढी जवाफदेहिता बनाएको पनि जानकारी दिए । उनले शेयर लगानी समान हुनुपर्ने जिकिर गरे ।
कमजोर आयस्रोत भएका व्यक्तिलाई आर्थिक उपार्जनको लागि सहज ऋण उपलब्ध गराई न्याय, समानता, विकास र समाज समृद्धि बनाउन सहकारीको भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो । चार वर्ष अघि स्थापित घरदैलो बचत तथा ऋण सहकारी संस्थाको शेयर पुँजी १ करोड ७३ लाख ४२ हजार ६ सय रुपैयाँ रहेको कोषाध्या शान्ता थापाको प्रतिवेदनमा उल्लेख छ । संस्थाको निक्षेप संकलन ४ करोड २६ लाख २६ हजार र ४ करोड ८८ लाख ४० हजार कर्जा प्रवाह गरिएको तथ्यांक छ ।
आगामी आर्थिक वर्षभित्रमा शेयर पूँजी बृद्धि गरी २ करोड पुर्याउने लक्ष्य राखिएको छ । आगामी आर्थिक वर्षभित्र कर्जा प्रवाह ७ करोड पुर्याउने लक्ष्य रहेको समेत उनले जानकारी दिईन् । अधिवेशनमा कोषाध्यक्ष तथा सचिव चन्द्रेश्वर बस्ताकोटीको प्रतिवेदनलाई सर्वसम्मत पाश गुिरएको थियो ।
अधिवेशनमा उत्कृष्ठ कारोबारीबाट शेयर सदस्य हिकमतबहादुर कार्की र महिला तर्फ तुलसी सुनुवार, कर्मचारीबाट अम्बिका खत्रीलाई सम्मानित गरिएको थियो । संस्थापक अध्यक्ष विरेन्द्रबहादुर कार्की, लेखा समिति संयोजक निलबहादुर कार्की तथा शेयर सदस्यका एसईई उुत्तीर्ण भएको सन्तानलाई समेत सम्मानित गरिएको थियो ।
नयाँ कार्यसमिति
घरदैलो बचत तथा ऋण सहकारी संस्थाले आगामी दुई वर्षको लागि रामबहादुर बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा कमलबहादुर बस्नेत, सचिवमा चन्द्रेश्वर बस्ताकोटी, कोषाध्यक्षमा शान्तादेवी थापा रहेका छन् । यसैगरी सदस्यहरुमा नारायणबहादुर बानियाँ, बासुदेव पहारी, तुलसी सुनुवार रमेशबहादुर खत्रीक्षत्री, मिनबहादुर खत्रीक्षत्री र निर्मला रेग्मी चयन भएका छन् ।