पोखराको सिमलचौरमा कालिका अटो केयर

पोखरा, ५ असोज/पोखराको सिमलचौरमा कालिका अटोकेयर प्रालि सञ्चालनमा आएको छ । अत्याधुनिक प्रविधिको हाइड्रोलिक मेसिनद्वारा गाडी सर्भिसिङ सुविधा उपलब्ध गराउन प्रालि सञ्चालनमा ल्याइएको सञ्चालक अर्जुन पोखरेलले जानकारी दिए । प्रालिकोे बिहीबार एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गरिएको छ ।

साना गाडीहरुलाई लक्षित गरी प्रालि सञ्चालनमा ल्याइएको हो । सेवाग्राहीको व्यस्ततालाई ध्यानमा राख्दै घरमै पुगेर गाडी ल्याउने र सर्भिसिङ गरी घरसम्मै पु¥याउने सुविधा उपलब्ध रहेको पोखरेलले जानकारी दिए । बजारको बीचमा सर्भिस सेन्टर स्थापना गरेर सकेसम्म धेरैलाई सेवा प्रदान गर्न लागिएको पोखरेल बताउँछन् ।

‘प्रशस्त पार्किङको सुविधासहित सेवा प्रदान गर्र्दैछौं,’ उनले भने, ‘ग्राहक आएको ३० मिनेटमै पूर्ण सेवा प्रदान गर्न सक्छौं । आधुनिक प्रविधिबाट छिटोछरितो काम हुन्छ ।’ नियमित ग्राहकलाई विशेष छुटमा मेम्बरसिप सुविधा प्रदान गरिने अर्का सञ्चालक तिलक शर्माले बताए । २ जना दक्ष प्राविधिक सहित ६ जनालाई रोजगारी प्रदान गरिएको छ । प्रालिमा ६० लाख रुपैयाँ लगानी भएको पोखरेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...