पोखरा, ४ असोज /पोखराको पृथ्वी चोकमा रहेको बास्तोला कम्प्लेक्सले नेपाली महान चाड वडा दशै अबसर पारेर आयोजना गरेको दशै मेला मंगलबारबाट शुरु भएको छ । मेलाको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश न ४ का अध्यक्ष संजिब बहादुर कोइरालाले देशको विकाशमा निजि क्षेत्रले निकै ठुलो सहयोग बताए ।
ब्यापारीहरुले उपभोक्तालाई सुलभ मुल्यमा गुणस्तरिय सामानको बिक्रि बितरण गर्नुपर्ने बताउदै उपभोक्ताको स्वाथ्यमा ख्याल गनुपर्ने बताए । अर्को प्रसंगमा अध्यक्ष कोइरालाले पोखरालाइ संसारकै उत्कृष्ट सहर बनाउन सबैलाइ आग्रह समेत गरे । प्रदेश न ४ को राजधानी पोखरा नै हुने भएकोले समग्र पोखरा र आसपास को जिल्लाहरु लाइ विकाश गनुपर्नेमा जोड दिए । ४ नम्बर प्रदेशमा बिकाशका प्रचुर सम्भावना भएकोले यसको सदुपयोग भएमा नेपालकै सम्पन्न प्रदेश हुने बताए ।
कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका महासचिब दामु अधिकारीले बेला बेलामा हुने मेलाले अर्थतन्त्र चलायमान हुने भएकोले मेला महोत्सवले आर्थिक गतिशिलता बढ्ने बताए । असोज ३ गतेबाट ७ गते सम्म संचालन हुने मेलामा आज चर्चित लोक दाहोरी गाएक प्रजापति पराजुली,राजन कार्की,लक्ष्मी नेपाली , सजना बास्तोला ,मठु झा लगाएतले आफ्नो प्रस्तुति राखेका थिए ।मेलामा बुधबार चर्चित लोक दोहोरी गाएक राम्जी खाँड, तारापति सुबेदी, घनश्याम रिजाल, सरला पान्डे लगाएतको प्रस्तुती रहने मेला संयोजक तथा बास्तोला कम्प्लेक्सका संचालक उमराज बास्तोलाले जानाकारी दिए ।
कम्प्लेक्सले ब्यापार ब्यबसायका लागि प्रबर्धन, कला संस्कृतको जगेर्ना गर्न र ब्यवसायीको हितलाइ मध्येनजगर गर्दै बिगत बर्ष देखिनै मेला गर्दै आइरहेको र आगामी दिनमा समेत मेला आयोजना गर्ने कम्प्लेक्सका संचालक माधव बास्तोलाले जानाकरी दिए ।कम्प्लेक्सका संचालक बलराम बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा लेखनाथ महानगर पालिकाका घरेलु शाखाका नायब शुब्बा उपेन्द्र गौतम , कम्प्लेक्सका संचालक बाबुराम आचार्य लगाएले मेलाको शुभकामना दिएका थिए भने मेलाको संचालन उमराज बास्तोलाले गरेका थिए ।
पोखराका ४ जना युवा ब्यबसायी बलराम बास्तोला,माधव बास्तोला,उमराज बास्तोला र बाबुराम आचार्य मिलेर २०७३ असोजबाट संचालनमा आएको कम्पेक्सले बेला बेलामा ब्यबसायी हरुको आबश्यकता महशुस गरि मेला महोत्सव आयोजना गर्दै आइरहेको छ ।