राष्ट्रिय सौन्दर्यकर्मी युनियन कास्की अध्यक्षमा पाण्डे

पोखरा, २० भदौं /राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल जिल्ला कार्यसमिति कास्कीको ९ औं साधारण सभा तथा छैटौं महाधिवेसनले संगिता पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सोमबार पोखरामा सम्पन्न उक्त अधिवेसनले आगामी दुई बर्षीय कार्यकालको लागि पाण्डे सहितको १३ सदस्य नयाँ कार्यसमिति सर्वसम्वतले चयन गरेको हो ।

समितिको उपाध्यक्षमा नुर गुरुङ, सचिवमा दुर्गा केसी, सहसचिवमा दुर्गा थापा, कोषाध्यक्षमा गांगा गुरुङ, सदस्यहरुमा तेजु त्रिपाठी, कुशुम केसी, लक्ष्मी पौडेल, हिरा थापा, मनु राई, पुजा थापा, पुजा वाँस्तोला र सुस्मा साह रहेका छन । त्यसै गरी समितिले ५ सदस्य सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकारहरुमा पे्ररणा प्रधान, शोभा गुरुङ, शोभा गौतम, देवि गुरुङ, सुमि भण्डारी र देविसरा गुरुङ रहेका छन ।

यसअघि उक्त कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका संस्थापक अध्यक्ष एवं अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश नं. ४ का सचिव मीना गुरुङले महिला जागरुण, महिला शशक्तिकरण गर्न महिलाहरु नै जागरुक हुनुपर्ने बताइन। सौन्दर्य पेशालाइ अझै पनि समाजमा नकारात्मक दृष्टिले हेरीने गरेकोले त्यसलाई चिर्न पनि सौन्दयकर्मीहरु अझ बढी जिम्मेवार वहन गरी अघि बढ्नु पर्ने उनले बताईन । युनियनका केन्द्रीय अध्यक्ष पम्फा पहारीले सौन्दर्य पेसालाई सकारात्मक सोंचका साथ मर्यादित र सभ्य ढंगले अघि बढाउन उनले आग्रह गरिन ।

युनियनकी महासचिव सुमन गुरुङले सकरात्मक सोचका साथ अघि बढ्न सवैमा आग्रह गरिन । युनियनका अध्यक्ष हीरा भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा युनियनकी केन्द्रीय अर्थ सचिव पवी गुरुङ, नेकपा एमाले निकट स्वरोजगार श्रमिक संघका अध्यक्ष उमाराज बास्तोला, नेपाल कृषि तथा बगान श्रमिक संघका अध्यक्ष लक्ष्मी प्रसाद अधिकारी, आँगन लायन्सकी पूर्व अध्यक्ष ममता गुरुङ, जिफन्टकी केन्द्रीय सदस्य हीरु पुन, युनियन कामस्कीका पूर्व अध्यक्ष अनिता केसी, उपाध्यक्ष संगीता पाण्डे, सचिव नुरु गुरुङ लगायतले सौन्दर्य पेशाको महत्व पछिल्लो समयमा बढ्दै गएकोमा जोड दिएका थिए ।

कमेन्टहरु
Loading...