प्रभु समूहको ‘ई प्रभु’ सेवा पोखरामा

पोखरा, १८ भदौ / विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेको प्रभू समूह अन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित ‘इ प्रभु सेन्टर’ सेवा पोखरामा सुरु भएको छ । उक्त सेवामार्फत मोबाइल तथा कम्प्युटरको माध्यमबाट विभिन्न सेवा प्रदायक संस्थाहरुको बिल भुक्तानी लगायत अनलाइन बिलिङ सम्बन्धी सम्पूर्ण काम हुन्छ ।

व्यस्त समयको सदुपयोग गर्नका लागि र एउटै छानामुनीबाट सम्पूर्ण सेवा प्रदान गर्न इ प्रभुको सेवा प्रभावकारी हुने बताइएको छ । पोखरा आसपासलाई लक्षित गरेर एजेन्ट वितरण कार्य सञ्चालन भइरहेको आधिकारिक बिक्रेता आकाश डिजिटल पेमेन्ट मालेपाटन पोखराका सञ्चालक बन्दना सिग्देलले जानकारी दिइन् ।

नेपालका २५ हजार भन्दा बढी बैंक, एजेन्ट तथा सहकारीहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको यो समूहले प्रभु म्यानेजमेन्टमार्फत रेमिट्यान्स कारोबार, सहकारी तथा बैंकको खातामा रकम हस्तान्तरण, अन्तर सहकारी रकम स्थानान्तरण, मोबाइल बैंकिङ कारोबार, पैसा भुक्तानी सेवा, एन.टि.सि., एन.सेल.को मोबाइल रिचार्ज तथा बिल भुक्तानी सुविधा उपलब्ध गराएको छ ।

डिस होम र एडिएसएलको बिल भुक्तानी, बस तथा एअरलाइन्स टिकट बुकिङ, सुविसु र वल्डलिंक बिल भुक्तानी, प्रिमियम कलेक्सन, बिद्युत महशुल भुक्तानी, ग्रुप एसएमएस लगायतका सेवा समेत प्रदान हुने सिग्देलले जानकारी दिइन् ।
‘यो सेवा साइबर, कम्प्युनिकेसन, ट्राभल्स, सहकारी, मोबाइल पसल लगायतलाई प्रभावरकारी हुन्छ,’ उनले भनिन्, ‘प्रविधिको विकाससँगै यस्ता सेवाहरुको महत्व बढेको छ ।

इ प्रभुको सेवा लिएर एउटै मोबाइल तथा कम्प्युटरको माध्यमबाट विलिङ सम्बन्धी सम्पूर्ण सेवा लिन आग्रह गर्दछु ।’ प्रभु बिलिङ कार्यालय पोखराको सेवा पनि आकाश डिजिटलबाटै प्रदान गरिने सिग्देलले जानकारी दिइन् ।

कमेन्टहरु
Loading...