सुजुकीको नयाँ गाडी ‘इग्निस’ पोखरामा

पोखरा, १४ भदौ /सुजुकीको इग्निस जापानी कम्प्याक्ट एसयूभी गाडी पोखरामा बिक्री सुरु भएको छ । सुजुकी गाडीको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रालि नयाँबजार पोखराले मंगलबार एक कार्यक्रमका बीच उक्त गाडीको बिक्री सुरु गरेको हो ।

प्रालिका कार्यकारी निर्देशक प्रमेश पराजुलीले गाडीको बिक्री शुभारम्भ गरेका हुन् । यो गाडी बहुप्रतिक्षित रहेकाले पोखरामा धेरैको रोजाईमा पर्ने प्रालिको विश्वास छ । विभिन्न ६ वटा कलरमा उपलव्ध इग्निसलाई पोखराका धेरै ग्राहकले कुरेर बसेको बिक्री प्रवन्धक गणेश ढकालले बताए । ‘गाडीको बुकिङ धमाधम भइरहेको छ,’ उनले भने, ‘ग्राहकबाट प्राप्त प्रतिक्रियाले हामीलाई उत्साही बनाएको छ ।’

उत्कृष्ट डिजाइन, स्मार्टफोन अन ह्विल्स, एण्ड्रोइड अटो, ठूलो क्याविन, अत्याधुनिक सुरक्षाफिचर्स, शक्तिशाली कार्यप्रदर्शनी र स्टाइल स्टेटमेण्ट लगायतका सुविधाहरुले कार अरुभन्दा पृथक रहेको बतास व्रदर्शका मार्केटिङ एक्जुकेटिभ नवराज अधिकारीले बताए । कारमा यात्रा गर्नेहरुको सुरक्षालाई विशेष ध्यानमा राखेर यसको निर्माण सुजुकी टोटल इफेक्टिभ कन्ट्रोल प्रविधिमा आधारित छ ।

कारको बाह्य सजावट आजका पुस्ताको आवश्यकता अनुसार पृथक शैलीमा गरिएको र कारको अघिल्लो भागमा इनसेट हेडल्याम्पका साथमा सिंगल फ्रेम ग्रिल डिजाइन प्रयोग गरिएको छ । कारको आन्तरिक तथा बाह्य सजावटमा प्रयोग गरिएको सुजुकीको ट्रेड मार्क र डुअल टोन बाह्य सजावटले कारलाई ट्रेण्डी देखाउन उल्लेख्य मात्रामा सहयोग गरेको ढकालले बताए ।

कारमा जडान गरिएको ट्याब्लेट, त्यसको लुक, फिल र पोजिसनिङले इग्निसको स्टाइल निकै आकर्षक बनाइदिएको छ । एण्ड्रोइड अटो, एप्पल कार प्ले र मिरर लिंक सहितको इन्फोटेनमेण्टको सुविधा कारमै उपलब्ध छ । यसरी उपलब्ध गरिएका सुविधाले नयाँ पुस्ताको युवालाई आवश्यकता अनुसार स्मार्टफोनको प्रयोग कारमै गर्न सघाउ पु¥याउने विश्वास कम्पनीको छ ।

इगनिसमा यात्रुको सुरक्षालाई विशेष ध्यान दिइएको, एयरब्याग्स, प्रिटेन्सनर सहितका सिटबेल्ट र स्ट्याण्डर्ड फिटमेण्टका रुपमा इबीडी सहितका एबीएस र यात्रुका साथै बटुवाका लागि समेत कारमा सुरक्षाका दृष्टिले पर्याप्त ध्यान दिइएको बतास व्रदर्शका मानव संसाधन विभाग प्रमुख विश्वमणि भण्डारीले बताए । सोही अवसरमा पहिलो ग्राहक पोखरा एरपोर्टका राम अधिकारीलाई गाडीको साँचो हस्तान्तरण गरिएको छ । धेरै पहिलादेखि प्रतिक्षा गरेको गाडी आफूले पाउँदा खुसी लागेको उनले प्रतिक्रिया दिए । गाडीको मूल्य २८ लाख ८९ हजार रुपैयाँदेखि ३५ लाख १९ हजार रुपैयाँ सम्म पर्छ ।

कमेन्टहरु
Loading...