सागर राज तिमिल्सिना
पोखरा, १३ भदौ /बीमा समिति, सुपरिवेक्षण तथा अनुसन्धान महाशाखाका निर्देशक राजुरमण पौडेलले साउनमा गएको बाढीका कारण भूकम्पमा भन्दापनि बढि क्षेती भएको बताएका छन् । नेपाल इन्सुरेन्स पोफेसनल सोसाइटी पोखरा र वीमा सस्थालले आयोजना गरेको तालिमको पोखरामा उद्घाटन गर्दै पौडेलले दुई वर्ष अगाडी गएको भूकम्पले भन्दा बाढीले बढि क्षेती पु¥याएको प्रारम्भीक तथ्याङकले देखाएको बताए । पौडेले भुकम्पका बेला भएको क्षेतीको बीमा कम्पनीहरुले करिब २० अर्व भुक्दानी दिएको बताए । अहिले बाढीले त्यो भन्दा पनि बढि क्षेती पु¥याएको उनको भनाई छ ।
उनले बीमामा सर्वसाधरणको पहुँच दोबर बनाउने बताए । अहिले जतिले बीमा गरेका छन् त्यसको दोबर बनाउने बताए । ‘नेपालको अहिले १२ प्रतिशतले बीमा गरेका छन्,’ उनले भने, ‘त्यस मध्ये कुल जनसख्यको ८ प्रतिशत मात्रैले बीमाको बीमा छ, दोहोर बीमा हटाउदा कुल जनसख्याको ८ प्रतिशले मात्रै बीमा गरेका छन् ।’ उनले एक वर्ष भित्रमा बीमा गर्नेको सख्या दोबर बनाउने बताए ।
‘८ प्रतिशतमा रहेको बीमा रेसियोलाई १६ प्रतिशत पु¥याउछौ,’ उनले भने, ‘त्यसका लागि गाउँ गाउँमा बीमालाई पु¥याउन गाउँपालिका सम्मै शाखा खोल्ने छौ ।’ पौडलले त्यस कै लागि जीवन र निर्जीवन बीमाका कम्पनी थपेको बताए । उनले अहिले जीवन बीमाका १८ वटा र निर्जीवन बीमाका १७ वटा कम्पनी पुगेको बताए । त्यसै गरि बीमालाई सर्वसाधरण सम्म पु¥याउनका लागि बैंकबाट पनि बीमा गर्ने व्यवस्था ल्याउन लागेको बताए ।
नेपालको पछिल्लो जनगणनाअनुसार कुल जनसङ्ख्या २ करोड ९० लाख ५५ हजार २ सय ९६ जनामध्ये १२ प्रतिशतमा मात्र जीवन बीमाको पहुँच पुगेको छ । एक दिने तालिममा अविति घोष, उदिप काफ्ले, कमल बहादुर पाण्डेले जीवन बीमार र निजीवन बीमाका बारेमा प्रशिक्षण दिने छन् । कार्यक्रम नेपाल इन्सुरेन्स पोफेसनल सोसाइटी पोखराकी अध्यक्ष सोनेना पालिखेको अध्यक्षतामा भएको थियो ।