युआरएल पत्रकारिता पुरस्कार प्रतिभा छनोट समिति गठन

पोखरा, ११ भदौ/प्रदेश नम्बर ४ मा स्वास्थ्य बिटमा कलम चलाउने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित युआरएल पत्रकारिता पुरस्कार प्रदानका लागि प्रतिभा छनोट समिति गठन भएको छ । पुरस्कारको राशी १५ हजार रुपैया, ताम्रपत्र र दोसल्ला छ ।

पोखरा, सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि९युआरएल०ले यो पुरस्कार स्थापना गरेको हो । युआरएलको हालै बसेको बोर्ड बैठकले अग्रज पत्रकार बद्रिविनोद प्रतीकलाई संयोजक चयन गरेको थियो ।

प्रतिभा छनोट समितिका सदस्यमा प्रेस स्वतन्त्रता सेनानी कुशुमकेशव पराजुली, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिशुकला पराजुली र पश्चिमाञ्चल क्षेत्रीय क्षयरोग केन्द्रका निर्देशक डा। नारायण ओझा छन् । समितिको निर्णयबमोजिम मंसिरमा हुने युआरएलको वार्षिकोत्सव समारोहमा पुरस्कार वितरण गरिने युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए ।

कमेन्टहरु
Loading...