नेपाल रेडक्रस सोसाइटी गण्डकीको सातौँ साधारण सभा सम्पन्न 

नेपाल रेडक्रस सोसाइटी गण्डकीको सातौँ साधारण सभा सम्पन्न भएको छ ।साधारण सभामा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुल मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशमा रगत निशुल्क उपलब्ध कार्यक्रमलाइ निरन्तरता दिइने बताएका छन् । २०७८ सालबाट गण्डकीका सबै अस्पतालमा उपचार गराउने विरामीलाइ रगतको आवश्यकता परेमा निुशल्क उपलब्ध गराइदै आएकोमा आगामी वर्ष पनि निरन्तरता दिइने मन्त्री थापाले बताए ।

नेपाल रेडक्रस सोसाइटी, गण्डकीको सातौँ साधारण सभाको उद्याटन गदै मन्त्री थापाले नेपाल रेडक्रस सोसाइटीसंगको समन्यमा रक्त तत्व निशुल्क वितरण कार्यक्रम प्रभावकारी बनेको बताए । मन्त्री थापाले रेडक्रसले मानवीय सेवामा गदै आएको कामको प्रसंसा गरे ।

साधारण सभामा नेपाल रेडक्रस सोसाइटी गण्डकीका अध्यक्ष सूर्यप्रसाद ढकालले रक्तसंचालन, एम्बुलेन्स र विपद्का बेलालाई केन्द्रीत गरेर प्रदेश गोदाम घरको व्यवस्था गरिएको बताए ।

प्रदेशमा १ लाख २७ हजार ४६५ स्वयंसेवक रहेका ढकालले जानकारी दिए । रेडक्रसका शाखा र उपशाखा मार्फत प्रदेशमा २७ वटा एम्बुलेन्स, ८ वटा ब्लड बैंक र १३ वटा ब्लड बैंकका युनिट संचालन रहेका छन् ।

यो वर्ष ५० हजार २ ८५ युनिट रगत वितरण भएको छ ढकालले जानकारी दिए । प्रदेशमा गोदाम घर ब्यवस्थित गर्न नसक्दा भण्डारमा समस्या भएकाले गोदाम घर निर्माणका लागि सहयोग गर्न ढकालले प्रदेश सरकारसंग माग गरे ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवं स्याङ्जा जिल्लाका सभापति दिनेश अर्यालले नेपाल रेडक्रसमा देखिएका समस्या समाधानका लागि सरकारले आइसिआरसी र आएफआरसी लाई समेत विश्वासमा लिए टुन्गोमा पुर्याउनुपर्ने बताए ।  नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पगेनीले

कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा महासचिव रामदत्त पौडेलले सांगठनिक विकास प्रतिवेदन, कोषाध्यक्ष नारायण प्रसाद घिमिरेले प्रस्तुत गरेकोे आर्थिक प्रतिवेदन तथा लेखा संयोजक डक्टर देवीलाल शर्माले राख्नुभएको लेखा समितिको प्रतिवेदन समेत सभाबाट पारित भएको छ । सो अवसरमा स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष दिपेन्द्र अधिकारी, नेरेसो कास्कीका सभापति उर्मिला खड्का तथा नेपाल रेडक्रस सोसाइटी बागलुङ जिल्ला शाखाका सभापति जगन्नाथ शर्मा, प्रदेश सदस्य सीता शर्मा, एवं युवा रेडकस सर्कल रतन पाण्डे माध्यमिक विद्यालयका संरक्षक एवं कास्की जिल्लाका उपमन्त्री डिल्लिराम बरालले शुभकामना मन्तब्य र गण्डकी प्रदेशका उपाध्यक्ष फुलमाया गुरुङ ले स्वागत मन्तव्य राखेकी थिइन् ।

रेडकसका सिद्धान्त अनुरूप गतिविधिहरू सञ्चालन गर्न विशेष योगदान पुर्याउने नेपाल रेडक्रस सोसाइटी गोरखा जिल्ला शाखाका शाखा प्रमुख सुवाष घिमिरे, तेस्रो र चौथो प्रदेशस्तरीय जुनियर युवा रेडक्रस गोष्ठी सञ्चालन गर्न आतिथ्यथा गर्ने रतन पाण्डे माध्यमिक विद्यालय पोखरा १३ आर्वा र युवा रेडक्रस सर्कल मङ्गला माध्यमिक विद्यालय मध्य नेपाल तीन सोती पसललाई  सम्मान गरिएको थियो ।

 

 

कमेन्टहरु
Loading...