पोेखरा, ६ भदौ /प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा–४ गैह्रापाटनको अध्यक्षमा निदेशप्रसाद कोइराला सर्वसम्मत निर्वाचित भएका छन् । हालै सम्पन्न दोस्रो अधिवेशनबाट सहकारीको उपाध्यक्षमा शंकर कार्की, सचिवमा सुरेन्द्रमणि पौडेल र कोेषाध्यक्षमा कुलदिप भट्टराई निर्वाचित भएका छन् ।
सहकारीको सदस्यमा सीता गुरुङ, जीवन कार्की र गुञ्जा गुरुङ निर्वाचित भएको प्रवन्धक निरु थापाले जानकारी दिइन् । सहकारीको लेखा समिति संयोजकमा राजन परियार र सदस्यहरुमा बाबुलाल पाण्डे र भोजनाथ सापकोटा विर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित कोइरालाले प्राइम सहकारी यस क्षेत्रकै नमुना सहकारी भएकाले अझै उत्कृष्ट बनाउन पहल गर्ने बताए । बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई उत्पादनमुलक क्षेत्रमा पनि सहकारीले लगानी बढाइरहेको सचिव सुरेन्द्रमणि पौडेलले जानकारी दिए ।