बास्तोला कम्पेक्समा तीज ब्यापार मेला सुरु, एकै दिनमा करिब ६० लाख कारोबार

पोखरा, २ भदौ/पोखराको पृथ्वी चोक मा रहेको बास्तोला कम्प्लेक्सले नेपाली महिलाहरुको महान चाड हरि तालिका तिजको अबसर पारेर आयोजना गरेको तिज ब्यापार मेला आज बाट सुरु भएको छ । मेलाको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश न.४ का उपाध्यक्ष मोति तिमिल्सीनाले ब्यवसायीक हितका लागि मेला महत्सवले ठुलो योगदान पुग्ने बताए ।

छरिएर रहेका ब्यसायीहरुलाइ एकिकृत गरि एउटै कम्प्लेक्समा ल्याउन कम्प्लेक्सले ठुलो भुमिका रहेको बताए । पर्यटकिय नगरी पोखरामा यस्ता प्रकारका मेला महोत्सबले अर्थतन्त्र ठुलो सहयोग पुग्ने बताए । कार्यक्रममा चिप्लेढुंगा मिनि मार्केटका सचिब इन्द्र बहादुर कार्कीले ब्यबसायीक हितको लागि कम्प्लेक्स सदैब लाग्नु पर्ने बताए ।

बास्तोला कम्प्लेक्सका संचालक बाबुराम आचार्यको सभापतित्वमा भएको कार्यक्रममा गणतान्त्रिक टोल बिकाश सस्थाका अध्यक्ष भिम बहादुर नेपाली ,बाणिज्य संघ बास्तोला कम्प्लेक्स इकाइ का सचिव रमेशलाल तिमिल्सीना लगाएलले बोलेका थिए । मेलाको संचालन कम्प्लेक्सका संचालक उमराज बास्तोलाले गरेका थिए । मेलामा आज लोकदोहोरी गाएक कृष्ण सुबेदी सुनिता नेपाली लक्ष्मी बानिया र मिठु झाले दर्शकलाइ तिजको गितमा छमछम नचाएका थिए ।

गाएक कृष्ण सुबेदीको ए मेरी पुतली बोलको गितमा दर्शक निकै रमाए । मेलामा आज ६० लाखको कारोबार भएको कम्प्लक्ेस का संचालक उमराज बास्तोलाले जानाकारी दिए । मेला भाद्र ३ गते सम्म संचालन हुने बास्तोलाले बताए । ब्यापार ब्यबसायका लागि प्रबर्धन गर्ने उदेश्यले मेला आयोजना गरिएको बास्तोलाले बताए । मेलामा सुक्रबार चर्चित लोक दाहोरी गाएक पशुपति शर्मा, मन्जु बिक र प्रदिप त्रिपाठी लगाएतको बेजोड प्रस्तुती रहने कम्प्लेक्स का संचालक माधव बास्तोलाले जानाकारी दिए ।

पोखराका ४ जना युवा ब्यबसायी बलराम बास्तोला,माधव बास्तोला,उमराज बास्तोला र बाबुराम आचार्य मिलेर २०७३ असोज बाट संचालनमा आएको कम्पेक्सले बेला बेलामा ब्यबसायी हरुको आबश्यकता महशुस गरि मेला महोत्सव आयोजना गर्दै आइरहेको छ । एउटै छाना मुनि करिब ३२० सटर रहेको कम्पेक्समा नुन देखि सुन सम्म जिरा देखी हिरा सम्म पाइने बास्तोला कम्पेक्सका संचालक बलराम बास्तोलाले जानाकरी दिए ।

कमेन्टहरु
Loading...