बास्तोला कम्पेक्सले तिज ब्यापार मेला गर्ने

साउन ३१, पोखरा / पोखराको पृथ्वीचोकमा रहेको बास्तोला कम्प्लेक्सले नेपाली महिलाहरुको महान पर्व​ हरितालिका तिजको अबसर पारेर तिज ब्यापार मेला  गर्ने  भएको छ । मेला  यहि  भाद्र १ गते बाट ३ गते सम्म संचालन हुने बास्तोला कम्प्लेक्सका संचालक उमराज बास्तोलाले जानाकारी दिए । ब्यापार ब्यबसाय लागि प्रबर्धन गर्ने उदेश्यले मेला आयोजना गरिएको बास्तोलाले बताए  ।

मेलामा चर्चित  लोकदाहोरी गाएक पशुपति शर्मा, राम्जी पौडेल, कृष्ण सुबेदी, प्रदिप त्रिपाठी, तुलसा जिसी, मन्जु विक, माया गुरुङ्ग, लक्ष्मी बानिया, मिठु झा, सुनिता नेपाली लगाय​तका स्थानिय ख्याति प्राप्प कलाकारको बेजोड प्रस्तुत रहने कम्पेक्सले जनाएको छ  ।मेला अबधिभर तिस हजार दर्शकले  मेलाको अबलोकन गर्ने र तिन करोड बराबरको कारोबार हुने आयोजकले दाबि गरेको छ ।

पोखराका ४ जना युवा ब्यबसायी बलराम बास्तोला, माधव बास्तोला, उमराज बास्तोला र बाबुराम आचार्य मिलेर २०७३ असोजबाट संचालनमा आएको कम्पेक्सले बेला बेलामा ब्यबसायीहरुको आबश्यकता महशुस गरि मेला महोत्सव आयोजना गर्दै आइरहेको छ । एउटै छानामुनि करिब ३२० सटर रहेको कम्पेक्समा नुनदेखि सुनसम्म जिरादेखी हिरासम्म पाइने  बास्तोला कम्पेक्सका संचालक बलराम बास्तोलाले जानाकरी दिए  ।

कमेन्टहरु
Loading...