पोखरा, २३ साउन/पोखराको बुद्धविशाल बजारले नेपालीहरुका चाडपर्वहरु सुरु भएसँगै व्यापार प्रवद्र्धनात्मक कार्यक्रमहरु सुरु गरेको छ । वुद्धविशाल बजार व्यापारिक एशोसियसनले साउन २३ गतदेखी कार्तिक १७ गतेसम्मको लागि निःशुल्क उपहार कुपन योजना कार्यक्रमका सुरु गरेको हो ।
बिशाल बजार भित्रका कुनै पनि पसलबाट ५ सयको सामान खरिद गर्ने ग्राहकले एउटा कुपन निःशुल्क रुपमा प्राप्त गर्ने छन् । त्यस्तै १ हजारको खरिदमा दुई वटा र त्यसभन्दा माथि व्यवसायी र ग्राहकको आपसी समझदारीमा कुपन प्राप्त गर्ने र लक्की ड्र मार्फत विभिन्न उपहार जित्न सक्ने योजना सोमबार एशोसियसनका अध्यक्ष प्रदीपकुमार मुल्मीले सार्वजनीक गरे ।
विजेताहरुले प्रथम पुरस्कार यमाहा कम्पनीको एक सय ५० सिसीको १ थान मोटरसाईकल, द्धितिय पुरस्कार यमाहाकै १ सय १० सिसीको स्कुटर, तृतिय पुरस्कार ४३ ईन्चको एलईडी टिभी प्राप्त गर्ने छन् । त्यस्तै चौथो पुरस्कार १ थान फ्रिज, पाँचौ पुरस्कार माईक्रो ओभन, छैटौँ पुरस्कार स्यामसुङको जे वान मोवाईल २ जनालाई, सातौ पुरस्कार वक्स फ्यान ४ जनालाई र आठौ पुरस्कारको रुपमा राईस कुकर ६ जनालाई रहेको छ । उपहार कुपनहरु लक्की ड्र मार्फत सार्वजनिक कार्यक्रममार्फत कार्तिक १८ गते सार्वजनिक गरिने एशोसियसनका महासविच केशव खत्रीले जानकारी दिए ।
कार्यक्रममा पोखरा लेखनाथ महाननगरपालिका वडा नं ४ का वडा अध्यक्ष शंकर बास्तोला, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, एशोसिएसनका मानार्थ सदस्य सुदीप ढकाल लगाएतले शुभकामाना दिएका थिए । पत्रकार सम्मेलनको एशोसियसनका अध्यक्ष प्रदीप मुल्मी, महासचिव केशव खत्री, उपाध्यक्ष शिव शर्मा, कपडा व्यवसायी एशोसियसनका नविन नापित, संस्थाका कानुनी सल्लाहकार जगन्नाथ ढकाल लगायतले निःशुल्क उपहार कुपन योजनाका बारेमा जानकारी दिएका थिए । २०४१ सालमा स्थापना भएको बुद्ध बिशाल बजारमा अहिले १ सय ६८ वटा पसलहरु रहेका छन् भने करोडौको लगानी रहेको छ ।