
पोखरेली कलाकार क्षेत्रलाल कायस्थ सिर्जनामा अझै तन्नेरी छन् । पोखरेली युवा साँस्कृतिक परिवारको प्रत्येक महिनाको तेस्रो शनिबार हुने नियमित कला–श्रृङ्खला अन्तर्गत ४५ औं श्रृङ्खलाका क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं १६, महेन्द्रगुफा नजिकैको सडकमा पानी रङसँग मस्त खेल्दै । तस्बिरः हरी भट्टराई