आर्थिक वर्ष २०७०/७१का लागि ५ खर्ब १७ अर्ब २४ करोडको बजेट

रकारले आगामी आर्थिक बर्षका लागि ५ खर्व १७ अर्ब २४ करोड रुपैयाँको बजेट पेश गरेको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आज साँझ सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको सभाहलमा पेश गरेको बजेटमा चुनावलाई मुख्य प्राथमिकतामा राखेर अधिकांश पुरानै कार्यक्रम समावेस गरेका छन् ।

resize_imageसरकारले चालू खर्चमा ३ खर्ब ५३ अर्ब ४२ करोड अर्थात ६८.३३ प्रतिशत र पूँजीगत खर्चमा ८५ अर्ब १० करोड अर्थात १६.४५ प्रतिशत खर्च छुट्याइएको छ ।  यस्तै वित्तिय व्यवस्थाका लागि ७८ अर्ब ७२ करोड अर्थात १५.२२ प्रतिशत र विकास बजेटका लागि २ खर्ब ४१ अर्ब ५८ करोड अर्थात ४६.७ प्रतिशत रकम बजेट छुट्याइएको छ ।  यस्तै साधारण खर्चतर्फ २ खर्ब ७५ अर्ब ६६ करोड अर्थात ५३.३ प्रतिशत छुट्याइएको छ ।

सरकारले राजश्वबाट ३ अर्ब ५४ अर्ब ५० करोड आम्दानी गर्ने लक्ष्य बजेटमा राखिएको छ । साँवा फिर्ताबाट ५ अर्ब ५० करोड, वैदेशिक अनुदाबाट ६९ अर्ब ५४ करोड, वैदेशिक ऋणबाट ४३ अर्ब ७० करोड र त्यसमा नपुग ४४ अर्ब आन्तरिक ऋणबाट उठाइने लक्ष्य लिइएको छ ।

आगामी वर्ष आर्थिक वृद्धि ५ दशमलव ५ प्रतिशत गर्ने र मूल्य वृद्धि ८ प्रतिशतमा सिमित राखिने लक्ष्य राखेको छ ।

सरकारले दोस्रो संविधानसभाको निर्वाचन स्वच्छ, निष्पक्ष एवं धाँधलीरहित रुपमा सम्पन्न गर्न आव २०७०/७१ को बजेटमा रु १६ अर्ब  बजेट विनियोजन गरेको छ।

सरकारले आज प्रस्तुत गरेको बजेटमा निजामती कर्मचारी, सैनिक, प्रहरी, शिक्षकलगायत सबै कर्मचारीको तलबमानमा १८ प्रतिशत वृद्धि गरेको छ भने सबै कर्मचारीका लागि समान रु एक हजार भत्ता दिने निर्णय गरेको छ।

कर्मचारीको स्वाथ्य बिमा रु पाँच लाख गर्नुका साथै कर्मचारीका पति वा पत्नी, १८ वर्षसम्मका छोराछोरी दुर्घटनामा परेमा वा तीन दिनभन्दा बढी बिरामी भई अस्पताल भर्ना भएमा बिमा मार्फत उनीहरुको उपचार खर्च व्यहोर्ने बजेटमा उल्लेख छ।

कर्मचारीको अन्य सुविधाका सन्दर्भमा अध्ययन गर्न विज्ञहरु सम्मिलित कार्यटोली बनाइने पनि बजेट भाषणको क्रममा अर्थमन्त्री कोइरालाले बताउनुभयो।
सरकारले आगामी बजेटमा  विभिन्न ७ वटा क्षेत्रलाई मूख्य प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरिरहेको छ।

सरकारले आगामी आर्थिक वर्षका लागि जलविद्युत तथा उर्जा क्षेत्रको विकासमा सरकारले विशेष कार्यक्रम गर्ने योजना बनाएको छ । मुलुकको अर्थतन्त्रको मूख्य क्षेत्र कृषिको विकास गर्न सरकारले कृषि विकासका कार्यक्रमहरु बनाएको छ । कृषिमा आधुनिकिकरण गर्न प्रवृधि भित्राउन बजेट छुट्टाएको छ ।

भौतिक पूर्वाधार विकास सरकारको मूख्य प्राथमिकतामा परेको छ । शिक्षा र स्वास्थ्यलाई सबै सर्वसाधरणको पहुँचमा पुर्‍याउन बजेट छुट्टाइएको छ । पर्यटन विकास गर्न विशेष कार्यक्रम बजेटमा ल्याइएको छ । निजी क्षेत्रको प्रबर्द्धन गर्न बजेटमार्फत लगानीमैत्री वातावरणको सृजना गर्न कार्यक्रम ल्याइएको छ ।

आयात प्रतिस्थापन गर्न र निर्याता प्रतिस्थापन गर्ने बजेटमा लक्ष्य राखेर बजेट प्रस्तुत गरिरहेको छ ।

******

यसअघि आइतबार नै बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७०/७१ को वार्षिक आयव्यय अनुमान (बजेट) लाई अनुमोदन गरेको थियो । मन्त्रिपरिषद्ले बजेट अनुमोदन गरेपछि यसैगरी वजेटसँग सम्बन्धित आर्थिक अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश राष्ट्रपति रामवरण यादवसमक्ष  सिफारिस गरेको थियो । राष्ट्रपतिले आइतबार नै अध्यादेश अनुमोदन गरेपछि सरकारले सार्वजनिक गरेको हो ।

बजेट पेस गर्ने समय यसअघि साँझ ५:३० बजे भनिए पनि  विशेष कारण देखाउँदै अर्थमन्त्रीको निजी सचिवालयले सो समय परिवर्तन गरी ६:४५ बजे तोकीएको भएपनि सवा सातबजे सम्म पनि अर्थ मन्त्री हलमा पुगेका थिएनन् ।

– See more at: http://setopati.com/bajar/2416/#sthash.4Mc5ZthV.dpuf

कमेन्टहरु
Loading...