माछापुच्छ्रे बैंकले ११ स्थानबाट एकैसाथ सेवा सुरु

काठमाडौं, १७ साउन /माछापुच्छ्रे बैंक लिमिटेडले ११ स्थानबाट एकै साथ सेवा सुरु गरेको छ । एकै दिन थप ६ शाखा कार्यालय, ३ एक्स्टेन्सन काउन्टर तथा २ शाखा रहित बैकिङ्ग गरी ११ स्थानबाट सेवाको सुरुवात गरेको हो । बैंकले दमक, लहान, बर्दिवास, सुर्खेत, महेन्द्रनगर र कोहलपुरमा गरी ६ वटा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।

बैंकले सिरहा जिल्लाको कल्याणपुर गाउँपालिका , तनहुं जिल्लाको भिमाद नगरपालिका तथा कंचनपुर जिल्ला आइबिआरडी पुर्नवास नगरपालिकामा एक्स्टेन्सन काउन्टरहरु संचालनमा ल्याएको छ । त्यसैगरी, बैंकले रुपन्देही स्थित गैंडहवा तथा सम्मरीमाई गाउँपालिकाहरुमा शाखा रहित बैकिङ्गसेवा संचालनमा गरेको छ ।

बैंकले शाखा सुभारम्भ भएको उपलक्ष्यमा निश्चित समयको लागि निःशुल्क डेविट कार्ड उपलब्ध गराउने, कर्जा शुल्कमा ०.२५ प्रतिशत छुट दिने र लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने जानकारी दिएको छ । त्यसैगरी, बैंकले यी सवै नयाँ शाखा तथा एक्स्टेन्सन काउन्टर खुल्ने स्थानहरुमा विभिन्न सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बैकले २०७३ साल चैत्र मसान्त सम्म ५८ अर्व ४ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५३ अर्व ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सोही अबधिमा रु १ अर्व ५१ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । बैकले हालसम्म ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ६८ स्थानवाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकका अध्यक्ष रोशन केसीले जानकारी दिए ।

 

कमेन्टहरु
Loading...