पूर्व अर्थमन्त्रीहरु भन्छन्,’ बजेट कार्यान्वयनमा समस्या हुन्छ’

३१ असार, काठमाण्डौ । पूर्व अर्थमन्त्रीहरु मंसिरसम्मको म्याण्डेड पाएको चुनावी सरकारले समयसीमालाई ख्यालै नगरी ठूलो आकारको बजेट ल्याएको भन्दै कार्यान्वयनमा आशंका ब्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा पूर्व अर्थमन्त्री डा. रामशरण महतले अर्थतन्त्रलाई समुन्नत बनाउने कार्यक्रम बजेटमा नभएको भन्दै उत्पादकत्वमा सरकारी क्रियाशिलता बढाउनु पर्नेमा जोड दिनु भयो ।

उहाँले ५ दशमलब ५ प्रतिशतको आर्थिक बृद्धि दरको अनुमान कुनै हालतमा पनि प्राप्त गर्न नसकिने भन्दै अर्थतन्त्रमा लामो समयदेखि रहँदै आएको बृद्धि दरको समस्या समाधानको उपाय नभएको टिप्पणी गर्नु भयो । उहाँले भन्नुभयो,’औद्योगिकीकरण घट्दो छ, निर्यात घट्दो छ । यस्तो अवस्थामा कृषि उत्पादन बढे बढीमा ५ प्रतिसत हुन सक्छ नभएसम्भव छैन । ‘महतले सरकारी खर्च बढे पनि त्यसले सेवामा उपयूक्त आउटपुट ल्याउन सक्ने कुनै कार्यक्रम बजेटमा ल्याउन नसकिएको टिप्पणी गर्दै सरकारी खर्चको परिणाम ल्याउन ईफिसेन्सी बढाउनु पर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अरु नियमित बजेट नै कार्यान्वयन हुन समस्या परिरहेका बेला ठूलो आकारमा ल्याइएको चुनावी बजेट कार्यान्वयनमा समस्या उत्पन्न हुने दावी गर्नु भयो । उहाँले भन्नुभयो,’मंसिर सम्म रहने सरकारले चार सय पुल निर्माण गर्ने, बर्दिवास-सिमरा रेलवे निर्माण गर्ने जस्ता योजना ल्याउनुले कार्यान्वयनमा समस्या रहेको स्पष्ट पार्छ । ‘पाण्डेले चुनाव गर्ने जिम्मेवारी पाएको सरकारले नयाँ नयाँ योजनाहरु ल्याउने कुराले कसैलाई पनि सन्तुष्ठ पार्न नसक्ने भए पनि बजेट थोरै नयाँ र धेरै पुरानै निरन्तरता भएको बताउनुभयो ।

साक्षात्कारमा पूर्व अर्थमन्त्री वर्षमान पुनले पनि ठूलो आकारको बजेट आएकोले कार्यान्वयनमा समस्या आउन सक्ने आशंका ब्यक्त गर्नु भयो । उहाँले योजना आयोगले दिएको सिलिङभित्रबाटै आएको भए बजेट राम्रो हुने भन्दै यो बजेटले महंगी बढाउने दावी गर्नु भयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रविन्द्र कुमार शाक्यले सरकारले सिलिङ भन्दा बढीको बजेट नआउको भन्दै निर्वाचनको समेत जोडेर ५ खर्व २० अर्बको सिलिङ दिएकोमा सरकारले त्यो भन्दा कमैको बजेट आएको बताउनुभयो ।  उहाँले पुरानो बजेटमा ४५९ वटा आयोजना रहेकोमा यस पटक ४५२ मात्रै रहेको र पहिलाको भन्दा भिन्नढंगले विशुद्ध ब्यवसायीक रुपमा बजेट आएकोले कार्यान्वयन हुने विश्वास ब्यक्त गर्नु भयो ।

अर्थविद्ध डा. विश्वम्भर प्याकुरेलले ठूलो आकारको बजेट भएकोले मुद्रा स्फीति बढ्ने आशंका ब्यक्त गर्दै ४ सय अर्बको ब्यापार घाटा, अझै आयात बढ्ने संकेत, पुजिगत खर्ता नहुने अवस्था र राजनीतिक सहमति हुन नसक्ने अवस्थाले गर्दा बजेटको कार्यान्वयनमा आशंका रहेको बताउनुभयो । उहाँले ३ दशमलब ५ प्रतिसतको आर्थिक बृद्धि कायम हुन नसकेको अवस्थामा ५ दशमलब ५ प्रतिसतको बृद्धि दर लक्ष्य गर्नु महत्वकांक्षी भएको भन्दै त्यो प्राप्त गर्न नसके मुलुकमा आर्थिक दुर्घटना हुने खतरा रहेको वताउनुभयो ।

चेम्बर अफ कमर्सक पूर्व अध्यक्ष एवम उद्योगी सुरेन्द्र वीर मालाकारले निजी क्षेत्रलाई उत्साहीत गर्ने बजेट भए पनि राजनीतिक सहमति विनाको अवस्थामा बजेट कार्यान्वयनमा समस्या भएको वताउनुभयो । उहाँले कर्मचारीको तलब बृद्धिपछि बजारमा महंगी बढ्ने भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले संयन्त्रको निर्माण गर्नु पर्ने आवश्यकता औल्याउनुभयो । cp. onlinekhabar.com

 

कमेन्टहरु
Loading...